सेन जुआन– प्युर्टो रिकोमा मारिया नामको हवाहुण्डरी र लगातारको वर्षाका कारण बाध फुट्ने खतरा बढेको छ। सरकारले राजधानीदेखि पश्चिमोत्तर क्षेत्रको गौजाटाका नदी क्षेत्रमा जलस्तर एक्कासी बढेपछि ७० हजार स्थानीयलाई तत्कालै गाउँ छोड्न आदेश दिएको छ।
क्यारेबियाली आइसल्यान्डमा आएको बाढी तथा प्रकोपका कारण हालसम्म मर्नेको संख्या ३३ पुगिसकेको छ। १९२० मा निमार्ण भएको गौजाटाको ड्याम फुट्ने अवस्थामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।