म्याड्रिड– स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले शीर्ष स्थानको बार्सिलोनामाथि दबाब बढाइरहेको छ।
बार्सिलोना सेभिल्लासँग बराबरीमा रोकिएको भोलिपल्ट एट्लेटिको म्याड्रिडले डिपोर्टिभो लाकोरुनालाई १–० गोलले पराजित गरेको छ। एट्लेटिकोको जितमा केभिन जेमेरियोले ३४ मिनेटमा गोल पेनाल्टीमार्फत गोल गरे। उनल सिजनमा १० गोल गरिसकेका छन्। पछिल्ला ८ खेलमा एट्लेटिकोले घरेलु मैदानमा गोल खाएको छैन।
जितसँगै लिगको अंक तालिकाको दोस्रो स्थानमा रहेको एट्लेटिकोले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी ९ मा झारेको छ। एट्लेटिको तेस्रो स्थानको साविक विजेता रियल म्याड्रिड भन्दा ४ अंकले अघि छ। ३० चरणको खेल सकिदा बार्सिलोनाको ७६, एट्लेटिकोको ६७ र तेस्रो स्थानको रियलको ६३ अंक छ। अब शनिबार हुने म्याड्रिड डर्बीपछि एट्लेटिकोलाई रियलसँग अंक दूरी बढाउने अवसर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।