कराची– पाकिस्तानले टी–२० अन्तर्राष्ट्रिय खेलमा रनको आधारमा अहिलेसम्मकै जित हात पारेको छ। तीन खेलको टी–२० सिरिजअन्तर्गत आइतबार कराचीमा भएको खेलमा वेस्ट इन्डिजलाई १ सय ४३ रनले पराजित गर्दै पाकिस्तानले सानदार जित हात पारेको हो।
पाकिस्तानले दिएको २ सय ४ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिज १३.४ ओभरमा ६० रनमै अलआउट भयो। वेस्ट इन्डिजका लागि मार्लोन स्यामुयल्सले सवैभन्दा बढी १८ रनको योगदान गरे।
वेस्ट इन्डिजको इनिङ ध्वस्त पार्ने क्रममा पाकिस्तानका मोहमद अमिर, मोहमद नवाज र सोएब मलिकले समान २–२ विकेट लिए। हसन अली, सादब खान र हुसेन तलातले पनि १–१ विकेट हात पारे।
पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन जोड्यो। पाकिस्तानका लागि हुसेन तलातले ३७ बलमा ४१ रन जोडे। ओपनर फकर जमानले २४ बलमा ६ चौका र १ छक्काको मद्दतमा ३९ रन जोडे। बाबर जमानले १७ रन जोड्दा सर्फराज अहमद ३८ र सोएब मलिकले ३७ रन दिए। सार्फराजले २२ बलमा ४ चौका र १ छक्का तथा मलिकले १४ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।