पोखरा- अपांग खेलकुद समिति कास्की र स्वावलम्बन जीवन पद्धति केन्द्रको संयुक्त आयोजनामा पोखरामा ‘छैटौं गोर्खा ज्वेलरी राष्ट्रिय ह्विलचेयर बास्केटबल प्रतियोगिता २०७४' हुने भएको छ।
पोखरा रंगशालाको बास्केटबल कोर्टमा चैत २० र २१ गते दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ६ टिमको सहभागिता रहने अपांग खेलकुद समिति कास्कीका अध्यक्ष भरत विक्रम बानियाँले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी, जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लब, स्पाइनल कर्ड इन्जुरी स्पोर्टस् एसोसियसन, ह्विलचेयर स्पोर्टस् एसोसिएसन, नेपालगन्ज ह्विलचेयर खेलकुद संघ र आयोजक एक टिमको सहभागिता रहनेछ।
गोर्खा एन्ड बराह ज्वेलरी एन्डष्ट्रिजको मुख्य प्रायोजनमा हुने उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः नगद रु ४० हजार, रु २५ हजार र रु १५ हजार नगदसहित ट्रफी र मेडलको व्यवस्था गरिएको स्वाबलम्वन जीवन पद्धति केन्द्रका अध्यक्ष हेम गुरुङले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।