काठमाडौं–अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी०को अनुदान स्वीकार गर्ने या नगर्नेबारे नेपालमा विवाद चर्किरहेको छ।
यसैबीच नेपालस्थित अमेरिकी दूतावासले भने यो परियोजना धेरै अघि बढिसकेको जनाउ दिएको छ।
एमसिसीलाई लिएर विशेषगरी सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा) भित्र समर्थन र विरोधी खेमा बनेका छन्।
अमेरिकी दूतावासले मंगलबार एमसिसीबारे प्रगति भएका केही विवरण सामाजिक सञ्जालमा राख्दै भनेको छ– फिलिङ रेडी।
दूतावासले एमसिसी परियोजना सञ्चालन हुने क्षेत्रका गाउँ तथा नगरमा सार्वजनिक सुनुवाइ सकिएको भन्दै लेखेको छ, ‘मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल टिमलाई ४ सय केभी प्रसारण लाइन र ३ वटा नयाँ सबस्टेसन निर्माण परियोजनाले छुने १० जिल्लाका सबै ३० नगर र गाउँपालिकाहरूमा सार्वजनिक सुनुवाइ सम्पन्न गर्नुभएकोमा हार्दिक धन्यवाद।'
प्रसारण लाइनले नेपालको विद्युत प्रसारण क्षमतामा महत्वपूर्ण योगदान गर्नेसमेत दूतावासले स्टाटसमा लेखेको छ।
'नेपालस्थित अमेरिकी मिशन नेपालको आर्थिक विकासका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को ५०० मिलियन डलर (झन्डै ५५ अर्ब रुपैयाँ) र नेपाल सरकारको १३० मिलियन डलर (झन्डै १५ अर्ब) गरी ६३० मिलियन डलरको लागतमा बन्ने यी परियोजनामा सहयोग गर्न पाउँदा गौरव महसुस गर्दछ। यी कार्यक्रमहरू जवाफदेहिता, पारदर्शिता तथा पारस्परिक समृद्धि सिद्धान्तमा आधारित हुनेछन्।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।