विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई उत्कृष्ट, समृद्ध र नमूना प्रदेश बनाउन उद्योगी व्यवसायीको सहयोग र सुझाव आवश्यक रहेको बताएका छन्।
उद्योग संगठन मोरङले आइतबार साँझ आयोजना गरेको १ नम्बर प्रदेशको आर्थिक सामाजिक विकासका लागि छलफल कार्यक्रममा उनले यस क्षेत्रका व्यापारीलाई एउटा नमूना काम गरेर देखाउनेबेला आएको बताए।
मुख्यमन्त्री राईले विकास र समृद्धि नै प्रदेश सरकारको मुुख्य लक्ष्य भएकाले जनताले अब चाँडै नै अनुभूति गर्नेगरी विकास निर्माणका कामले गति लिने विचार व्यक्त गरे।
प्रदेशमा विकासका प्रशस्त सम्भावना रहेकाले निर्धक्क भएर लगानी गर्न उनले उद्योगीलाई आग्रह गरे। धेरै योजनामा हात हाल्दा परिणाम सहज नहुने भन्दै उनले आवश्यक र मुख्य योजनालाई मात्र सरकारले प्राथमिकता दिने उनको भनाइ थियो।
प्रदेशका सबै मन्त्री तथा मन्त्रालयका सचिव सहभागी कार्यक्रममा प्रदेशको औद्योगिक विकासका लागि विज्ञको सहयोगमा कृषि, शिक्षा, उद्योग, ऊर्जा लगायत सात विषयमा बनाइएका योजनाको सुझावसहितको कार्यपत्र प्रस्तुत गरिएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।