काठमाडौं- सन्तोष साहुखलले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सय गोल पूरा गरेका छन्।
दशरथ रंगशालामा बुधबार विभागीय टिम नेपाल पुलिस क्लबविरुद्ध गोल गर्दै सन्तोषले १०० गोलको कीर्तिमान कायम गरेका हुन्। आफ्नो नाममा सय गोल पूरा गर्ने क्रममा उनले खेलको १८औं मिनेटमा गोल गरे।
खेलको पाँचौ मिनेटमा नै निर कुमार राईको गोलबाट अग्रता बनाएको पुलिसविरुद्ध सन्तोषले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याएका हुन्।
वि.सं. २०६० सालदेखि थ्रीस्टार क्लबबाट ए डिभिजन लिग खेल्न थालेका सन्तोष घरेलु प्रतियोगितामा एक सर्वाधिक सफल खेलाडी हुन्। जारी लिगमा उनले चार गोल गरिसकेका छन्। संकटाविरुद्ध च्यासल युथ क्लबले २–० गोलको जित निकाल्दा दुबै गोल कप्तान सन्तोषको थियो। त्यसपछि मछिन्द्र क्लबविरुद्धको बराबरी खेलमा पनि सन्तोषले गोल गरेका थिए। त्यसपछिका लगातार दुई खेलमा भने सन्तोष गोल गर्न चुकेका थिए।
२०६०, २०६२, २०६३, २०६६–६७, २०६९ र २०७० गरी ६ सिजन ए डिभिजन लिग थ्रीस्टारबाट खेले।
मछिन्द्रविरुद्धको खेलमा साहुखल।
सन्तोषले सन् २००७ मा नेपाली राष्ट्रिय टिममा डेब्यु गरे। विश्वकप छनोटअन्तर्गत ओमानविरुद्धको खेलको ७२औं मिनेटमा जुमानु राईको स्थानमा मैदानमा प्रवेश गर्दै डेब्यु गरेका सन्तोषले ३४ क्यापमा ३ गोल गरेका गरेका छन्। तर उनी २०१५ देखि राष्ट्रिय टिम बाहिर छन्।
यो पनि पढ्नुहोस्- अझ धेरै गोल गरौं भन्नेमा छु
कुन क्लबबाट कति गोल
वि.सं. २०६० थ्रीस्टार क्लब ६ गोल
वि.सं. २०६१ एपीएफ क्लब ६ गोल
वि.सं. २०६२ थ्रीस्टार क्लब ९ गोल
वि.सं. २०६३ थ्रीस्टार ११ गोल
वि.सं. २०६६–६७ थ्रीस्टार १९
वि.सं. २०६८ मनाङ मस्र्याङ्दी क्लब १६ गोल
वि.सं. २०६९ थ्रीस्टार क्लब १७ गोल
वि.सं. २०७० थ्रीस्टार क्लब ९ गोल
वि.सं. २०७५ च्यासल युथ क्लब ३ गोल
वि.सं. २०७६ च्यासल युथ क्लब ४ गोल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।