बुटवल– मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीमाथी १–० गोलको रोमाञ्चक जित निकाल्दै रुस्लान थ्रीस्टार उपाधि नजिक पुगेको छ ।
बुटवलको मानवज्ञान माविको खेलमैदानमा आईतवार भएको दोश्रो सेमिफाइनल खेलमा थ्रीस्टारका बुद्ध चेम्जोड.ले २५ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो।
फ्रिकिकमा विमल घर्तीमगरले हानेको प्रहारमा बुद्धले गोल गरेका थिए। निकै प्रतिश्पर्धात्मक बनेको दोश्रो सेमिफाइएनल खेलमा दुवै टिम गोल गर्ने अवसरबाट चुकेका थिए।
आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका रवि सिलवाल, दिपेश आले, विदेशी खेलाडीद्धय आब्बा र म्याक्सले गरेका प्रहारलाई थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले आर्कषक बचाव गरेका थिए। त्यस्तै थ्री स्टारका विमल, विदेशी खेलाडीद्धय पिटर र मार्टिनका प्रयास पनि सफल हुन सकेन्। बिजेता टिम थ्री स्टारका विदेशी खेलाडी पिटर म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार पुरस्कार पाए ।
फाइनल खेल सोमबार हुने आयोजकले जनाएको छ । यद्यपि फाइनलमा पुगेको थ्रीस्टारले भने एक दिन खाली राख्न भनेपनि आयोजकले १९ गतेका लागि सम्पूर्ण तयारी पुरा गरेकाले जनाएको छ । थ्री स्टारले फिफाको नियमनुसार एक दिन ग्याप नभए नखेल्न बताएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।