काठमाडौं– 'ब्ल्याक'को ‘पल पल हरपल’ बोलको गीत सार्वजनिक भएको छ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गीत सार्वजनिक गरेको हो। डा कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीत रहेको गीत सुगम पोखरेलले गाएका छन्।
मुस्ताङको रमणीय दृश्यमा छायांकन गरिएको गीतको भिडियोमा भिएफएक्स र कलरिङ जस्ता प्रविधिको समेत प्रयोग गरिएको छ।
गीत सार्वजनिक समाराेहमा उपस्थित अभिनेत्री आँचल शर्माले सुगम पोख्रेलद्वारा स्वरबद्ध गीतमा अभिनय गर्ने रहर यस गीतबाट पूरा भएको बताइन्।
प्रदिप श्रेष्ठले निर्देशन गरेको 'ब्ल्याक' मा आँचलसँगै आकाश श्रेष्ठको मुख्य अभिनय छ। फिल्म आउँदो जेठ ११ मा रिलिज हुनेछ।
भिडियाे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।