सिड्नी– बल टेम्परिङको आरोपमा बर्खास्तगीमा परेका अष्ट्रेलियाली क्रिकेट टोलीका उपकप्तान डेभिड वार्नरकी श्रीमती क्यान्डिस वार्नरले सो कान्डमा आफुलाई पनि दोषी ठहराएकी छिन्।
‘दक्षिण अफ्रिकामा आफ्ना श्रीमानले जुन दुव्र्यवहार सहनुपर्यो, त्यसबाट म पनि उत्तिकै प्रभावित छु। यसले गर्दा मलाई लाग्छ कि म पनि सो कान्डमा मुछिएकी छु।’, क्यान्डिसले भनिन्।
अष्ट्रेलियाली क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरलाई दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा भएको बल टेम्परिङको योजनामा प्रमुख भूमिका निभाएको भन्दै आगामि १ वर्ष सम्मका लागि क्रिकेट खेल्न तथा आजिवन अष्ट्रेलियाली टोलीको कप्तान बन्न प्रतिबन्ध लगाइएको छ।

सिड्नीमा पत्रकार सम्मेलनका क्रममा वार्नर रोएका थिए। सो क्रममा उनले भविष्यमा अष्ट्रेलियाको तर्फबाट नखेल्ने बताएका थिए। पत्रकार सम्मेलनका दौरानमा क्यान्डिस डेभिडको साथमै थिइन्।
क्यान्डिसले सिड्नी सन्डे टेलिग्राफसँगको अन्तर्वाका क्रममा भनिन्–मलाई लाग्छ कि सबै गल्ती मेरो हो र यो कुराले मलाई भतभती पोलिरहेको छ।’
बल टेम्परिङको विवाद अगाडि नै टेस्ट सिरिजको दौरानमा दुबै टोलीको बीचमा सम्बन्ध चिसिएको थियो। पहिलो टेस्टको दौरानमा वार्नर र दक्षिण अफ्रिकी विकेटकिपर ब्याट्सम्यान क्वान्टन डिककबीचमा झगडा भएको थियो। झगडाको क्रममा डिककले वार्नरकी श्रीमती क्यान्डिसमाथि अपमानजनक शब्द बोलेका अष्ट्रेलियाका खेलाडीहरुले बताएका थिए।
दक्षिण अफ्रिकी क्रिकेट टोलीका २ वरिष्ठ अधिकारीले पनि दोस्रो म्याचका क्रममा तीन दर्शकसँग फोटो खिचाएका थिए। जसले क्यान्डिस वार्नरको सम्बन्धको बारेमा जनाउ दिने गरी रग्बी खेलाडी सोनी विलियम्सको मुखौटा पहिरिएका थिए। रिपोर्टका मुताबिक क्यान्डिसको सम्बन्ध डेभिडसँग रहनुअघि सोनी बिलसँग रहेको थियो।

क्यान्डिसले आफ्नो पतिको व्यवहारको बचावका लागि कुनै बहाना नबनाएको बताएकी छिन्। तर उनले भनेकी छिन् कि डेभिडले सम्भव भएसम्म मेरो र सन्तानको बचाव गरिरहेका थिए। उनले भनिन्,‘मुखौटा पहिरिएको दृश्य देखिनु, मानिसहरुले मलाई घुरेर हेर्नु, मेरोतर्फ इशारा गर्नु, मलाई हेरेर हास्नु, अझै यहासम्म कि ममाथि त गीत समेत बनाइयो। मैले यो सब बस् टुलुटुलु हेर्दै सहनुपरेको थियो।’
‘दक्षिण अफ्रिकामा डेभिड वार्नर यी सब घटनाबाट पीडित थिए।’, उनले थपिन्। क्यान्डिसले अष्ट्रेलियाली समर्थकमाझ सहानुभूति र संयमका लागि अपिल समेत गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।