काठमाडौं- न्याय परिषद् सदस्यमा पूर्व महान्यायाधीवक्ता एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर खड्का निराला नियुक्त भएका छन्।
सरकारको सिफारिसमा परिषद्मा प्रस्तावित निरालालाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनलाई नियुक्त गरेकी हुन्।
खड्कालाई पुस ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले न्याय परिषद् सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो।
आइतबार भएको संसदीय सुनुवास समितिको बैठकले निरालालाई सर्वसहमत अनुमोदन गरेपछि नियुक्तिका लागि बाटो खुलेको हो।
उनी राजाको प्रत्यक्ष शासन कालमा महान्यायाधीवक्ता भएका थिए।
संसदीय सुनुवाइ समितिमा संविधान र कानुन अनुसार नै काम गर्ने प्रतिबद्धता जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।