म्युनिख– जर्मन बुन्डेस लिगमा शीर्ष स्थानको वायर्न म्युनिखले तेस्रो स्थानको बोरुसिया डर्टमुन्डमाथि रवाफिलो जित हात पारेको छ। वायर्नले डर्टमुन्डलाई ६–० गोलले पराजित गरेको हो।
वायर्नका लागि रोवर्ट लेवान्डोवस्सीले ह्याट्रिक गरे। उनले खेलको ५, ४४ र ८७ मिनेटमा गोल गरेका थिए। रोद्रिगेजले १४, थोमस मुलरले २३ र रिवेरीले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।
दोस्रो स्थानको साल्केले फ्रेइबर्गलाई २–० ले हरायो।
लिगमा पहिलो स्थानको वायर्नको २८ खेलबाट ६९, दोस्रो स्थानको साल्केको ५२ र तेस्रो स्थानको डर्टमुन्डको ४८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।