म्याड्रिड– स्पेनिस ला लिगमा बार्सिलोना बराबरीमा रोकिएको छ। बार्सिलोना शनिबार राति भएको खेलमा सेभिल्लासँग २–२ गोलको बराबरीमा रोकिएको हो।
३६ मिनेटमा भाज्क्यूले गोल गरेर सेभिल्लालाई अग्रता दिलाए। ५० मिनेटमा मुरियलले सेभिल्लाको अग्रता दोब्बर पार्दा बार्सिलोनामाथि दबाब थपियो।
८८ मिनेटमा लुइस सुआरेजलले गोल गरेपछि बार्सिलोनाले अग्रता २–१ झार्यो। लगत्तै अर्को मिनेटमा मेसीले बराबरी गोल फर्काएपछि बार्सिलोना हारबाट जोगियो।
अर्को खेलमा रियल म्याड्रिडले लास पालमासलाई ३–० गोलले हराएको छ। रियलको जितमा गारेथ बेलले २६ र ५१ मिनेटमा गोल गर्दा बेन्जिमाले ३९ मिनेटमा गोल गरेका थिए। रियलले पछिल्ला दुवै गोल पेनाल्टीमार्फत गरेको थियो।
लिगमा शीर्ष स्थानको बार्सिलोनाको ३० खेलबाट ७६ अंक छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको २९ खेलबाट ६४ र तेस्रो स्थानको रियल म्याड्रिडको ३० खेलबाट ६३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।