एजेन्सी– मोहम्मद सलाहले अन्तिम समयमा गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा लिभरपुलले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ। शनिबार भएको खेलमा लिभरपुलले प्यालेसलाई २–१ गोलले हराएको हो।
खेलमा अग्रता भने प्यालेसले लियो। १३ मिनेटमा मिलिभोजेभिकले पेनाल्टीमा गोल गर्दै प्यालेसलाई अग्रता दिलाए। साडियो मानेले ४९ मिनेटमा गोल गर्दा सलाहले ८४ मिनेटमा गोल गर्दै लिभरपुललाई जित दिलाए।
जितपछि लिभरपुल ३२ खेलबाट ६६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको शीर्ष स्थानको म्यानचेस्टर सिटीको ८१ र तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ६५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।