उदयपुर– उदयपुरको संचालित चौथौ कटारी मेयर गोल्डकपको उपाधि झापा ११ ले जितेको छ। शनिबार भएको फाइनल भिडन्तमा संकटालाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै झापा च्याम्पियन् बनेको हो।
उपाधिसँगै झापाले ५ लाख र उपविजेता संकटाले नगद २ लाख ५१ हजार रुपैयाँ हात पारे।
पेनाल्टी सुटआउटमा झापाका कर्ण लिम्बु , देबेन्द्र तामाङ्ग , विशाल गुरुङ्ग , र प्रवेश गुरुङ्गले गोल गरे । संकटाका लागि हेम थापामगर र सौजन राईको प्रहार मात्रै गोलमा परिणत भएपछि ४–२ अन्तरले झापाले उपाधि उचालेको हो संकटाका अनिल गुरुङको प्रहार झापाका गोल क्षक मनोज प्रधानले सहजै नियन्त्रणमा लिए भने नविन गुरुङ्गको प्रहार बाहिरियो। झापाका योगेश गुरुङ्गको प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले नियन्त्रणमा लिए।
निर्धारित समयमा गोल हुन नसकेपछि थप गरिएको १५ मिनेटमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटमा पुगेको थियो।
गोल्डकपको उत्कृष्ट खेलाडी झापाका विकाश गुरुङ् भए उनले एउटा माउन्टेन साईकल प्राप्त गरे। त्यसैगरी उदियमान खेलाडी कटारी ११ का प्रताप राई भए उनले नगद ५ हजार प्राप्त गरे । उत्कृष्ट गोलकर्ता संकटाका टम्पी अनेष्ट भए । उनले एकथान मोवाइल हात पारे। म्याच अफ सिरिज झापाका निशान्त खड्का भए। उनले नगद ५ हजार हात पारे। उत्कृष्ट गोल रक्षक झापका मनोज प्रधान उत्कृष्ट डिफेन्स संकटाका सुरज विश्वकर्मा र उत्कृष्ट मिडफिल्डर संकटाका विश्व अधिकारी भए उनीहरुलाई क्रमश एक एक थान मोवाईल प्रदान गरियो ।
शनिबारदेखि सुरु गोल्डकपमा डिभिजन लिग खेलिसकेका टिमहरु सहित ८ टिमको सहभागिता रहेको थियो । प्रथम कटारी गोल्डकप पनि झापा ११ लै कब्जा गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।