• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २०, २०८२ Fri, Apr 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

महेन्द्रनगर युनाइटेड : आफ्नो ठाउँको शाख जोगाउन बनेको टिम

64x64
नेपाल लाइभ शनिबार, चैत १७, २०७४  ११:४७
1140x725

विक्रम गिरी र शेरबहादुर सिंह (भीमदत्तनगर) - गतवर्ष धनगढीमा आयोजना भएको धनगढी प्रिमियर लिग(डिपिएल)को पहिलो संस्करणमा महेन्द्रनगरको ‘कञ्चनपुर आइकोनिक’ टिमको कप्तानी विनोद भण्डारीले सम्हालेका थिए। 

भण्डारी नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य हुन्। उनकै नेतृत्वमा कञ्चनपुरको टिम बन्यो र कैलालीमा भएको डिपिएलमा भाग लियो। 

यसपाली डिपिएलको दोस्रो संस्करणमा महेन्द्रनगरको टिमले खेल्नेबारे अन्योलता थियो। जिल्लाका खेलाडी र क्रिकेटप्रेमी निराश थिए। उनीहरुलाई निराश हुन नदिन महेन्द्रनगरका युवा व्यवसायीले रु ४० लाखभन्दा बढी लगानी जुटाएर ‘महेन्द्रनगर युनाइटेड’ टिम बनाएका छन् ।     

“लगानी जुटाउन सहज छैन,” महेन्द्रनगर युनाइटेडका सञ्चालकमध्येका एक दिनेश मल्लले भने, “आफ्नो ठाउँको शाख जोगाउन मात्र लाखौँको लगानीमा टिम जुटाएका हौँ ।” धनगढी प्रिमियर लिग(डिपिएल) जस्तो महँगो प्रतियोगितामा प्रतिस्पर्धा गर्न टिम बनाउन निकै चुनौतीपूर्ण काम भएको सञ्चालक मल्लको ठम्याइ छ । 

“व्यावसायिक प्रतियोगिताका लागि सानोतिनो लगानीले टिम बनाउन सकिन्न,” मल्लले भने। क्रिकेटका लागि महेन्द्रनगर मुलुककै उर्वरभूमीका रुपमा चिनिन्छ। आजदेखि धनगढीमा शुरु भएको प्रतियोगितामा महेन्द्रनगरका मात्रै १५ जनाभन्दा बढी खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्दैछन्। 

सो प्रतियोगितामा भाग लिएका सिवाइसी अत्तरिया, विराटनगर किंग्स, टिम चौराहा, काठमाडौँ गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड टिममा महेन्द्रनगरका खेलाडी समावेश छन् । 

“छिमेकी जिल्ला कैलालीमा यतिठूलो प्रतियोगिता हुँदा हामी टुलुटुलु हेर्न सक्दैनौँ,” महेन्द्रनगर युनाइटेडका अर्का सञ्चालक अशोक पाण्डेयले भने, “यतिधेरै क्रिकेटको क्रेज भएको ठाउँको टिम नहुँदा खल्लो हुने भएकै कारण लगानी गरेका हौँ ।” 

महेन्द्रनगरको क्रिकेट क्रेजलाई जीवित राख्नकै लागि यहाँका युवा व्यवसायी सुशील श्रेष्ठ, दिनेश मल्ल, अशोक पाण्डेय, सुशील चटौत, निरज चन्द, नवीन बोहरा र ब्रिजकिशोर चन्दले हातेमालो गरी लगानी जुटाएका छन् । उनीहरु सबै यहाँका चल्तीका व्यवसायी हुनुका साथै क्रिकेटसँग लामो समयदेखि जोडिएका छन् । महेन्द्रनगर युनाइटेडलाई विजया सिमेन्ट, सगरमाथा स्टिल, कोबेल्को, नेको इन्स्योरेन्स, पाइनियर, केवाइवी, सिजिको मेजु, होटेल ओपेरालगायतले साथ दिएको छ । 
    
आफ्नो टिमलाई प्रतियोगिताकै उत्कृष्ट बनाउन महेन्द्रनगर युनाइटेडले यही चैत १० गतेदेखि नै महेन्द्रनगरमा प्रशिक्षणको व्यवस्था गरेको थियो । सो टिमको प्रशिक्षकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान विनोद दास छन्। टिमका कप्तान विनोद भण्डारी महेन्द्रनगरकै उत्पादन हुन् भने अर्का खेलाडी अरुण ऐरी पनि स्थानीय नै हुन् ।

nimb
nimb
Ncell 2
Ncell 2

यस्तै सिवाइसी अत्तरिया टिमका कप्तान दीपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, प्रेम तामाङ, कमलसिंह ऐरी र रोमन वम, विराटनगर किंग्सका दिलीप नाथ, टिम चौराहाका ललितसिंह भण्डारी र सुनिल धमला, काठमाडौँ गोल्डेन्सका नरेश बुढाऐर, सन्तोष भट्ट तथा रुपन्देही च्यालेन्जर्सका प्रदीप ऐरी महेन्द्रनगरका उत्पादन हुन् । 

“डिपिएलमा मात्र होइन अन्य प्रतियोगितामा समेत यहाँको टिमलाई सहभागी गराउँछौँ,” महेन्द्रनगर युनाइटेडका अर्का सञ्चालक व्रिजकिशोर चन्दले भने, “हामीले नाफा घाटा हेरेर टिममा लगानी गरेका छैनौँ, यहाँका खेलाडीको इच्छालाई मात्रै ध्यान दिएका छौँ ।”   

विसं २०६१ मा क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं ५ नेपालगन्जबाट अलग्गिएर क्षेत्र नं ६ बैतडी बनेको हो । त्यसपछि मात्र प्रदेश नं ७ को क्रिकेटले चर्चा पाएको हो । बैतडी नयाँ क्षेत्र बन्नुअघि सुदूरपश्चिमबाट धीरेन्द्र चन्द र प्रेम चौधरीले मात्र राष्ट्रिय टिममा स्थान बनाएका थिए । अहिले सिनियर तथा उमेर समूहबाट प्रदेश नं ७ का पुरुष तथा महिला गरी ४० भन्दा बढी खेलाडीले राष्ट्रिय टिमबाट खेलिसकेका छन् । 

“व्यावसायिक प्रतियोगिता भन्दा क्लब, विद्यालय र जिल्लास्तरीय प्रतियोगिताको खाँचो छ,” कञ्चनपुर क्रिकेट संघका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले भने, “केही वर्षदेखि प्रतियोगिताको अभाव खड्किएको छ ।” संघले जिल्लाका व्यवसायीलाई लगानीका लागि गुहार्दै आएको चन्द बताउनुहुन्छ । प्रदेश नं ७ का नौ जिल्लामध्ये बाजुरा नेपाल क्रिकेट संघमा आवद्ध छैन । अरु आठ जिल्लामा क्रिकेटको गतिविधि भइरहेकै छ ।

“स्थानीयस्तरमा खेलाडी उत्पादन नभएसम्म क्रिकेट अगाडि बढ्न सक्दैन,” कञ्चनपुर क्रिकेट संघका पूर्वअध्यक्ष दीपकराज चालिसे भन्छन्, “सरकारी तथा निजी क्षेत्र खेलाडी उत्पादनमा उत्तिकै सक्रिय हुनु जरुरी छ ।” रासस

प्रकाशित मिति: शनिबार, चैत १७, २०७४  ११:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘सभामुखमा निर्वाचित भए संविधान र कानूनको पालना गर्दै न्यायसम्मत काम गर्छु’
सञ्चारकर्मीलाई अमरेशको आग्रह- तीन महिना हाम्रा काम सूक्ष्म तरिकाले हेरिदिनुस्
पाकिस्तानको आर्थिक वृद्धि दरमा सुधार
सम्बन्धित सामग्री
सिंहदरबारको सुरक्षा तयारीबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल ओमप्रकाश अर्याल को अध्यक्षतामा बसेको बैठकमा सुरक्षा तयारी, ट्राफिक व्यवस्थापन तथा संसद् सम्बन्धी कार्यक्रमलाई लक्षित गर्दै आवश्यक सम... आइतबार, चैत ८, २०८२
स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ पक्राउ पर्नेमा विरगञ्ज महानगरपालिका-१७ मा बस्ने ५० बर्षका बिनय शंकर साह रहेका छन् । उनलाई सोहि नगरपालिकाको १६ नम्बर वडामा रहेको भन्स... शुक्रबार, चैत ६, २०८२
१ करोड १६ लाख नगदसहित काठमाडाैंबाट दुई हुन्डी कारोबारी पक्राउ जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले नागार्जुन नगरपालिका-८ भिमढुङ्गाबाट साेही ठाउँका २८ वर्षीय सागर गिरी र २८ वर्षकै प्रमोद प्रसाद... सोमबार, चैत २, २०८२
ताजा समाचारसबै
तस्बिरमा हेर्नुहोस् एमाले सचिवालय बैठक शुक्रबार, चैत २०, २०८२
सभामुखमा डीपी अर्याल निर्विराेध, एमालेले दिएन उम्मेदवारी शुक्रबार, चैत २०, २०८२
‘सभामुखमा निर्वाचित भए संविधान र कानूनको पालना गर्दै न्यायसम्मत काम गर्छु’ शुक्रबार, चैत २०, २०८२
सञ्चारकर्मीलाई अमरेशको आग्रह- तीन महिना हाम्रा काम सूक्ष्म तरिकाले हेरिदिनुस् शुक्रबार, चैत २०, २०८२
पाकिस्तानको आर्थिक वृद्धि दरमा सुधार शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण बिहीबार, चैत १९, २०८२
व्यवसायी दीपक भट्ट पक्राउ बिहीबार, चैत १९, २०८२
आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै बिहीबार, चैत १९, २०८२
देउवा समूहले स्थगित गर्‍यो जिल्ला सभापतिको भेला बिहीबार, चैत १९, २०८२
प्रलोपाबाट सुदन किरातीले दिए राजीनामा बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्