केन्डी– विश्वमा चकित पार्ने धेरै घटना हुने गर्छन्। श्रीलंकाको केन्डी सहरमा भर्खरै यस्तै एउटा रोचक घटना भएको छ।
केन्डीमा एक नवविवाहिता बेहुलीको साडीको लम्बाई नै ३ दशमलव २ किलोमिटर थियो। जसलाई सरकारी स्कुलका २ सय ५० जना छात्राले समातेका थिए। स्थानीय सञ्चारकर्मीले केन्डीको मध्य जिल्लाको मुख्य सडकमा त्यति लामो साडी लगाएकी बेहुली हिँडेकी थिइन्। सडकमा विवाहको पहिरनमा हिँडिरहेका बरवधुलाई थप १ सय छात्राले घरेका थिए। उनीहरुले बधुलाई फ्लावर गर्लका रुपमा चित्रण गर्न चारैतिरबाट घेरेका थिए।

यो विवाहमा केन्डीका मुख्यमन्त्री साराथ एक्कायका प्रमुख अतिथि थिए। बेहुलीले लगाएको साडी अहिलेसम्मकै सबैभन्दा लामो बताइएको छ।
राष्ट्रिय बाल संरक्षण प्राधिकरण (एनसिपिए) ले छात्राहरुलाई साडी समाउन लगाएको घटनाको छानबिन हुने बताएको छ। ‘घटनाको छानबिन सुरु गर्दैछौं। यस्ता घटनालाई सबैले पछ्याउन् भन्ने हाम्रो चाहना छैन। स्कुलका छात्रालाई घन्टौंसम्म कुनै समारोहमा उभ्याएर राख्नु कानुनी अपराध हो। जसमा १० वर्षसम्म सजाय हुन्छ,’ एसिपिएका अध्यक्ष मारिनी डि लिवेराले एएफपीलाई बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।