सिड्नी– बल टेम्परिङ काण्डमा दोषि पाइएका तीन अस्ट्रेलियन क्रिकेट मध्येका एक डेभिड वार्नरले शनिबार पत्रकार सम्मेलन गर्दै माफि मागेका छन्। उनले क्रिकेट समर्थकको भावनामा चोट पुर्याएको भन्दै अबदेखि कहिल्यै अन्तर्राष्ट्रिय नखेल्ने गरी राजीनामा दिएका छन्।
३१ वर्षीय ओपनिङ ब्याट्सम्यान वार्नर पत्रकार सम्मेलनमा भावुक रुपमा प्रस्तुत भएका थिए। पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति पढ्ने क्रममा उनी बीचैमा रोएका थिए।
'दक्षिण अफ्रिकामा भएको घटनाको सम्पूर्ण जिम्मेवारी लन्छु। सवै अस्ट्रेलियन, क्रिकेट फ्यानसँग माफि माग्न चाहन्छु। घटनापछि आएका प्रतिक्रियाबारे दुखित छु।' उनले क्रिकेट अस्ट्रेलियाले गरिरहेको अनुसन्धानमा पूर्ण सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरे।
यसअघि घटनामा मुछिएका स्टिभ स्मिथ र क्यामरन बेनक्रफ्टले पनि पत्रकार सम्मेलनमार्फत माफि मागेका थिए। स्मिथ बिहीबार सिड्नी एयरपोर्टमा पत्रकार सम्मेलन गर्दा रोएका थिए। बेनक्रफ्टले भने पर्थमा पत्रकार सम्मेलन गरेका थिए।
क्रिकेट बल टेम्परिङ काण्डमा स्मिथ, वार्नर र बेनक्रफ्ट दोषि पाइएका थिए।दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टका दौरान ओपनिङ ब्याट्सम्यान क्यामरन बेनक्रफ्टले बल टेम्परिङ गरेका थिए। बलिङमा ‘स्विङ’ ल्याएर ब्याट्सम्यानलाई आउट गर्ने उद्देश्यकासाथ पूर्वनियोजित रुपमा टेम्परिङ भएको खुलेपछि उनीहरुमाथि कारबाही गरिएको थियो।
स्मिथलाई र वार्नरलाई १–१ वर्ष तथा बेनक्रफ्टलाई ९ महिनाको प्रतिबन्ध लगाइएको थियो। साथै स्मिथलाई २ वर्ष र वार्नरलाई आजिवन कप्तान बन्न पनि रोक लगाइएको थियो। अस्ट्रेलियन क्रिकेटले अनुसन्धानपछि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।