एजेन्सी– एकदिवसीय क्रिकेट विश्वकपमा छनोट हुन असफल भएपछि जिम्बावे क्रिकेटले कप्तान र प्रशिक्षकसहित ८ जनालाई बर्खास्त गरेको छ।
कप्तान ग्रेम क्रेमरसहित ८ जना कोचिङ स्टाफ बर्खस्त भएका हुन्। अब ब्रेन्डन टेलरले कप्तानको जिम्मेवारी लिनेछन्।
मुख्य प्रशिक्षक हेथ स्ट्रेइक, ब्याटिङ कोच लान्स क्लुसेनर, बलिङ कोच डोउलास होन्डो, फिल्डिङ कोच वाल्टर चावागुटा, फिटनेस कोच सिन बेल र टिम विश्लेषक स्टानले चोइजा बर्खास्ता परेका हुन्।यु–१९ का कप्तान स्टेफिन मान्गोन्गोलाई पनि हटाइएको छ।
सन् २०१९ को एकदिवसीय विश्वकपमा छनोट हुन नसकेपछि जिम्बावे क्रिकेटले बर्खास्त गर्ने निर्णय गरेको हो। घरेलु भूमिमा आयोजना भएको छनोट प्रतियोगिताको सुपर ६ को महत्वपूर्ण खेलमा युएईसँग पराजित भएपछि जिम्बावे विश्वकपमा छनोट हुन असफल भएको थियो। छनोट प्रतियोगिताबाट वेस्ट इन्डिज र अफगानिस्तानले विश्वकपमा स्थान पक्का गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।