काठमाडौं– नेपाली सेनाद्वारा आयोजित राष्ट्रिय स्तरको प्रधान सेनापति हाइ अल्टिच्युट ट्राइ एडभेन्चरको उपाधि त्रिभुवन आर्मी क्लबको टिम 'बी' ले जितेको छ।
मुस्ताङमा भएको प्रतियोगितामा आर्मीको टिम ‘बी’ ले १ घण्टा १९ मिनेट ४४ सेकेण्डमा पूरा गरी प्रथम स्थान हासिल गरेको हो। आर्मीको टिम ‘ए १ घण्टा २० मिनेट ५० सेकेण्डमा पूरा गरी दोस्रो भयो।सशस्त्र प्रहरी बलको टिम ‘ए’ ले १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पुरा गरी तृतीय स्थान हासिल गर्न सफल भयो।
प्रतियोगितामा क्लाईम्बिङमा १०० मिटर, रनिङमा ४.७५ कि.मि. र साईक्लिङमा १५.५० कि.मि. गरी जम्मा २०.३५ कि.मि दूरी निर्धारण गरिएको थियो।
प्रतियोगितामा आर्मीको ३ टिम, सशस्त्रको २ टिम र राष्ट्रिय स्तरका १० टिम गरी जम्मा १५ टिमले प्रतिस्पर्धा गरेका गरेका थिए।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई प्रधान सेनापति राजेन्द्र क्षत्रीले क्रमशः ५० हजार, ३० हजार र २० हजार प्रादन गरे। सहभागी प्रत्येक टिमलाई समेत ५ हजार दिइयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।