बुटवल– मनाङ मस्याङ्दी क्लब बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
बुटवलको मानविज्ञान माविको खेल मैदानमा बिहीबार भएको खेलमा मनाङ मस्याङ्दीले नेपाल पुलिसलाई २–१ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।
पुलिसका तेज तामाङले १४ औं मिनेटमा लिएको अग्रतालाई टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा मनाङ मस्याङ्दीलमा लयमा फर्कियो। अन्जन बिष्टले ६१ औं मिनेटमा मनाङका लागि बराबरी गोल फर्काए। उनले विदेशी खेलाडी भिक्टरको पासलाई सदुपयोग गर्दै आर्कषक गोल गरेका थिए ।
अन्जन बिष्टले ७५ औं मिनेटमा गरेको व्यक्तिगत दोश्रो गोल नै निर्णायक बन्यो। उनले पुन भिक्टरले कर्नल एसियाबाट दिएको पासलाई गोलमा परिणत गदै टिमलाई २–१ को अग्रता दिलाएका थिए। विष्ट म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार पुरस्कार पाए ।
मनाङले अब सुनौलो संगमसंग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइन खेलमा भोलि आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी र थ्रीस्टार क्वलका बीच प्रतिस्पर्धा हुनेछ।
तस्बिर : https://goo.gl/b6jMiU
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।