उदयपुर– उदयपुरको कटारीमा जारी चौथौ कटारी मेयर गोल्डकपमा गोर्खा ब्वाईज रुपन्देहीलाई ३–० गोल पराजित गर्दै संकटा क्लब काठमाडौं फाईनलमा प्रवेश गरेको छ।
संकटाका लागि २९ औं मिनेटमा फ्रिकिकको सदुपयोग गर्दै प्रकाश बुढाथोकीले गोलको खाता खोलेका थिए।
पहिलो हाफ १–० ले अग्रता लिएको संकटाका लागि ८७ औं मिनेटमानाईजेरियन खेलाडी ईब्राहिम कोउडियाले आकर्षक गोल गर्दै गोल अन्तर २–० मा पुराए। ९० औं मिनेटमा संकटाका सन्त गुरुङ्गले तेस्रो गोल गरे।
खेलको म्यान अफ द म्याच संकटाका जर्सीका इब्राहिम कोउडिया घोषित भए। उनलाई ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी मेघराज अधिकारीले नगद ५ हजारका साथमा प्रमाण–पत्र र मेडल प्रदान गरे ।
उपाधिका लागि संकटाले शनिबार झापा ११ सँग खेल्नेछ। शनिबारदेखी जारी गोल्डकपमा ३ डिभिजन लिग खेलेका टिमसहित ८ टिमको सहभागिता थियो ।
गोल्डकप विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५१ हजार रुपैयाँ हात पार्ने मूल आयोजक समितिका अध्यक्ष विनोद कटुवालले बताए। कटारी नगरपालिकाको सहकार्य र साथी समूहको संयोजनमा गोल्डकप आयोजना गरिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।