एजेन्सी– न्युजिल्यान्डका क्रिकेटरका केन विलियमसन आइपिएल टिम सनराइजर्स हैदरावादको कप्तानमा निक्युत भएका छन्।
यसअघि हैदरावादले डेभिड वार्नरलाई बल टेम्परिङ काण्डमा दोषि पाइएपछि कप्तानबाट हटाएको थियो। १२ महिनाको प्रतिबन्धमा परेका वार्नरले आइपिएल समेत गुमाएका छन्। त्यसपछि विलियमसनलाई नयाँ कप्तान नियुक्त गरिएको हो।
७ अप्रिलबाट सुरु हुने आइपिएल टिम हैदरावादको कप्तान नियुक्त भएपछि विलियमसनले नयाँ अवसर पाएकोमा उत्साहित भएको बताएका छन्। उनले आफुल चुनौतीको सामना गर्न तयार भएको समेत बताए।
वार्नरसँगै प्रतिबन्धमा परेका स्टेभिन स्मिथले पनि आइपिएल गुमाउँदैछन्। स्मिथ राजस्थान रोयल्समा आवद्ध थिए। दुवै खेलाडी टिमका कप्तान थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।