बुटवल– तेश्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा रुस्लान थ्रीस्टारले हिमालय एफसीमाथी २–१ गोलको रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ। जितसँगै थ्रीस्टारले सेमिफाइनलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीसँग भेट पक्का गरेको छ।
बुटवलको रामनगर स्थित मानव ज्ञान माविको मैदानमा भएको खेलको पहिलो हाफ गोल सहित समाप्त भयो । ८४ औं मिनेटमा मलेसिया हिमालय एफसीका तीर्थ बस्नेतले सुन्दर गोल गदै टिमलाई अग्रता दिलाए। थ्रीस्टारका लावलले ८६ औं मिनेटमा बराबरी गोल फर्काए। मार्टिन्सले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेपछि थ्रीस्टारले रोमाञ्चक जित हात पार्न सफल भयो।
मार्टिन्स खेलको खेलको म्यान अफ दि म्याच हुँदै नगद १० हजार प्राप्त गर्न सफल भए। बिहीबार नेपाल पुलिस क्लब र लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लबबीच अन्तिम क्वाटरफाएनल खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।