• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २६, २०८३ Fri, Jul 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

विश्व फुटबलमा अबको दशक : के होला अन्सु फातीको नाम? 

64x64
नेपाल लाइभ शुक्रबार, पुस १८, २०७६  ०७:०१
1140x725

काठमाडौं- अन्सु फाती फुटबल जगतमा छिटो चम्किए। जति उनी आफैले सोचेका थिएनन्। हुन त विश्वकै उत्कृष्ट मध्येको क्लब बार्सिलोनामा पाउने अवसरलाई यी किशोर खेलाडीले सहजै कसरी सोचुन्!

बलमा देखिने तीब्रता, बल अघि बढाउने गजवको शैली र गोलका लागि गर्ने प्रहार कुनैमा पनि फाती १७ वर्षका मात्रै लाग्दैनन्। बल आफ्नो नियन्त्रणमा रहँदा विश्वस्त देखिने फातीको आत्मविश्वास नै गजवको छ। उनले यही समयमा देखाएको फुटबल बुझाइले अबको दशक फुटबल जगतमा फातीको पर्खाइ चलिरहनेछ। जसरी गएको दशक क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको हरेक खेलमा भयो। 

सन् २००९ को डिसेम्बरमा लियोनल मेस्सीले पहिलो बालोन डि’ओर जित्दा ७ वर्षका अन्सु फातीको फुटबल देखिने गरी बल्ल सुरु भएको थियो। अहिले उनै मेस्सीसँग पास मिलाउन फातीले एउटै मैदान पाएका छन्। मेस्सी अझै थाकिसकेका छैनन्, तर अबको समयमा फाती जस्ता केही युवा खेलाडीले नयाँ स्थान पक्कै बनाउने छन्। 

अहिले उत्कृष्ट खेलमा रहेका पिएसजीबाट खेल्ने फ्रान्सका केलियन एमबाप्पे, एथ्लेटिको मड्रिडबाट खेल्ने पोर्चुगलका योआओ फेलिक्स, बोरुसिया डर्टमुन्डबाट खेल्ने इंग्ल्यान्डका जडन सान्चो, बायर लिभरकुसनबाट खेल्ने जर्मनीका के हाभेट्ज, रियल मड्रिडमा रहेका ब्राजिलका रोड्रिगो, भ्यालेन्सियामा रहेका स्पेनका फेरान टोरेस जस्ता खेलाडीसँगै आइरहेको नाम हो अन्सु फाती। 

गिनी बिसाउमा जन्मिएका फाती आफ्नो बुबासँगै ६ वर्षको उमेरमा नै स्पेन गएका हुन्। उनी २०१० देखि दुई वर्ष सेभियाको युवा टिममा रहे। २०१२ मा बार्सिलोना ‘बी’ टिममा सामेल भएका उनले सानो उमेरमा नै आफ्नो क्षमता देखाउन सके। उनी गएको जुलाईदेखि बार्सिलोनासँग २०२२ सम्मको सम्झौतामा छन्। उनलाई अर्को क्लबले लैजान चाहे अहिले नै १ सय ७० मिलियन युरोभन्दा बढी तिर्नुपर्ने हुन्छ। 

अन्सु फातीका बुबा बोरी फाती पनि पहिलेका फुटबल खेलाडी नै हुन्। साथै उनका दुई दाइहरु ब्राइमा र मिग्वेल पनि फुटबल खेलाडी हुन्। 

फातीका बुबा स्पेन आउनुअघि कामको खोजीमा गिनि बिसाउबाट पोर्चुगल पुगेका थिए। जहाँ तल्लो डिभिजनका केही क्लबबाट उनले फुटबल पनि खेले। पोर्चुगलमा रहँदै सेभियामा आप्रवासीहरुका लागि राम्रो काम रहेको सुनेपछि उनी स्पेन पुगेका थिए। तर उनले कति समय त सेभिया नजिकैको मारिनालेडा सहरका फुटपाथमा मागेरसमेत जीविका गर्नुपरेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

त्यही बेला सहरका मेयरलाई भेटेका उनले ड्राइभरको जागिर पाए। ड्राइभरको जागिर पाएपछि नै उनी हेरेरा सहरमा राम्ररी बस्न सकेका थिए। हेरेरामा नै अन्सु फातीको बाल्यकाल बितेको हो। जहाँ केही वर्ष सिडिएफ हेरेरा फुटबल क्लबमा फातीले फुटबल सिक्न पाए। त्यही सिकाइले अहिले उनको फुटबल बार्सिलोनासम्म पुग्न सकेको छ। 

अन्सु फातीको कथामा देखिने विनम्रता र धैर्यताले नै उनको नयाँ उचाइको बाटो कोरेको हो। जसमा उनी अघि बढीरहेका पनि छन्। सन् २०१२ मा १० वर्षको उमेरमा बार्सिलोना पुगेका फातीले यु११ को टिममा खेल्न पनि एक वर्ष पर्खिनुपरेको थियो। त्यस समय उनले पेलोटेरस एफसीमा अभ्यास खेलहरु खेलिरहे। 

फातीलाई फुटबल सिकाएका सुरुका एक प्रशिक्षक मार्क सेरा पुराना दिन सम्झँदै भन्छन्– ‘उनी सेभियादेखि लामो दुरी तय गरेर खेल्न आइरहेका हुन्थे। खेलेर फर्किंदा आजको खेलमा राम्रो हुन नसकेको भन्दै माफी माग्थे र भोलि राम्रो गर्छु भनिरहेका हुन्थे। उनले त्यसबेला पठाएका केही म्यासेजहरु त मसँग अहिलेसम्म होला।’

त्यही सुधारको सोचले हुनुपर्छ फातीले बार्सिलोना सिनियर टिममा समेत आफूलाई प्रमाणित गर्न सकिरहेका छन्। इन्टर मिलानविरुद्ध गोल गर्दै च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका फातीले मेस्सीपछिको बार्सिलोनामा भविष्य देखाउनु सानो विषय होइन। मिलानविरुद्धको च्याम्पियन्स लिग खेलमा ८४ औं मिनेटमा मैदान प्रवेश गरेका उनले त्यसको तीन मिनेटमा गोल गरेका थिए। 

बार्सिलोनाको सिनियर टिममा मात्रै होइन फातीका लागि वर्ष २०१९ स्पेनको यु२१ टिममा रहनुले पनि विशेष बन्यो। बार्सिलोनाको सिनियर टिममा अभ्यासमा आउँदादेखि नै फाती प्रशिक्षक एर्नेस्टो भालभर्देको नजरमा परेका थिए। 

फातीलाई कुनै समयमा प्रशिक्षण गरेका प्रशिक्षक डेनिस सिल्भा पनि १६ वर्षको उमेरदेखि फातीले आफूमा गरेको खेलको विकास ठूलो कुरा भएको बताउँछन्। लियोनल मेस्सी, लुइस स्वारेज, उसमान डेम्बेले जस्ता खेलाडी घाइते रहेको अवस्थामा फातीले पाएको अवसर यसरी उपयोग गरे कि उनी सिनियर टिमको एक हिस्सा बनिरहन सके। 

ला लिगा अन्तर्गत बार्सिलोनाले रियल बेटिसलाई ५–२ ले हराएको खेलमा १६ वर्षका फातीले बार्सिलोना सिनियर टिममा डेब्यू गरेका थिए। 

फातीले रियल बेटिससँग खेल्नुअघि एक हप्ता सिनियर टिममा रहेर अभ्यास गरेका थिए। लियोनल मेस्सी, लुइस स्वारेज र उसमान डेम्बेले घाइते रहेको टिममा अन्तिम १२ मिनेट मैदानमा रहेका फातीले आफ्नो डेब्यू विश्वास नै गर्न सकेका थिएनन्। 

सन् १९४१ मा भिसेन्ट मार्टिनेचपछि सबैभन्दा कम उमेरमा बार्सा डेब्यू गर्ने खेलाडीसमेत बनेका फातीले आफू नर्भस भएको खेलपछि बताए। 

‘वास्तवमा म एकदमै नर्भस भएको थिएँ, बार्सामा डेब्यू गर्न पाउनु सानो कुरा होइन, यसका लागि सबैलाई धन्यबाद दिन चाहन्छु,’ खेलपछि उनले भनेका थिए, ‘एकछिन त विश्वास नै नभएर म मैदानमा नै बसेँ, अब अहिले त्यो अवसर सेलिब्रेसन गर्ने बेला आएको छ, मसँग धन्यबादका शब्दहरु मात्र छन्।’

तर, बार्सिलोना फातीलाई हतारमा अगाडि बढाउने योजनामा छैन। विस्तारै भएको विकास र हरेक हप्ता थोरै थोरै गर्दै पाएको अवसरले उनको फुटबलमा अझ सुधार हुनेछ भन्ने बार्सिलोनालाई थाहा छ। जसको फाइदा भविष्यसम्म फातीलाई नै हुनेछ। 

यसैले बार्सिलोनाका डिफेन्डर क्लेमेन्ट लेङलेट पनि फातीलाई सहज रुपमा अगाडि बढ्न दिनुपर्ने नै बताउँछन्। ‘उनलाई शान्त रुपमा बढ्न दिनुपर्छ। बार्सिलोनाका लागि खेल्ने काम धेरै गाह्रो छ। मानिसहरुका कुरा सुनेर अझ मेहनत गर्दै बढ्नुपर्नेछ’ उनले भने। 

यो पनि पढ्नुहोस्- विश्व फुटबलमा दशक : रोनाल्डो र मेस्सी

(यो सामग्री बिबिसी, गार्जियन, एफसी बार्सिलोना र मार्कामा आधारित रहेर तयार पारिएको हो।)  
 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुख्यसचिव गोविन्द बहादुर कार्कीद्वारा पदबहाली
राष्ट्रियसभा बैठक : दुई मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने
राससले देशैभर माग्यो पत्रकार
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मुख्यसचिव गोविन्द बहादुर कार्कीद्वारा पदबहाली शुक्रबार, असार २६, २०८३
राष्ट्रियसभा बैठक : दुई मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने शुक्रबार, असार २६, २०८३
राससले देशैभर माग्यो पत्रकार शुक्रबार, असार २६, २०८३
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण शुक्रबार, असार २६, २०८३
टेलिकम बिलिङको मुद्दामा विशेष अदालतले दियो आरोपितहरूलाई सफाइ बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आत्मदाह प्रयास गरेका नेपालीको अवस्था चिन्ताजनक, न्याय माग्दै राहदानी विभागअगाडि प्रदर्शन बिहीबार, असार २५, २०८३
राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास बिहीबार, असार २५, २०८३
बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ बिहीबार, असार २५, २०८३
राष्ट्रिय सभाबाट एकै दिन ६ वटा विधेयक पारित बिहीबार, असार २५, २०८३
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण शुक्रबार, असार २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्