एजेन्सी–अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा स्पेनले अर्जेन्टिनामाथि रवाफिलो जित हात पारेको छ। गएराति भएको खेलमा स्पेनले अर्जेन्टिनालाई ६–१ गोलले पराजित गरेको हो।
स्पेनको जितमा इस्कोले ह्याट्रिक गरे। डिएगो कोस्टाले १२ मिनेटमा गोल गरेर स्पेनलाई अग्रता दिलाएका थिए। त्यसपछि इस्कोले २५ र ५२ मिनेटमा गोल गर्दा स्पेन ३–१ गोलले अघि बढ्यो।
५५ मिनेटमा थियागो अल्काटाराले चौथो गोल गर्दा ७३ मिनेटमा इयागोले पाँचौ गोल गर्न सफल भए। लगत्तै अर्को मिनेटमा इस्कोले ह्याट्रिक पूरा गर्दा स्पनेको अग्रता ६–१ मा पुगिसकेको थियो। अर्जेन्टिनाका लागि ओटामेन्डीले ३९ मिनेटमा गोल गरेका थिए।

अर्को खेलमा ब्राजिलले जर्मनीलाई १–० गोलले हरायो। ब्राजिलको जितमा जेससले ३७ मिनेटमा गोल गरेका थिए।

फ्रान्सले रसियालाई ३–१ गोलले पराजित गर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।