काठमाडौं– नेपाल र नेदरल्याण्डले विश्वकै पुरानो क्रिकेट ग्राउण्ड लर्डस्मा त्रिकोणत्मक टी–ट्वान्टी प्रतिस्पर्धामा खेल्ने भएका छन्। आगामी जुलाई २९(साउन १३ गते) इंग्ल्याण्डको चर्चित क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लब(एमसीसी)सँग त्रिकोणात्मक प्रतिस्पर्धा हुने सो क्लबले जनाएको छ।
एमसीसीले जनाएअनुसार ३ वटा खेल एकै दिन हुने छन्। नेपालले २ वर्षअघि पनि एमसीसीसँग लड्र्समा प्रतिस्पर्धा गरिसकेको छ।
नेपाललाई लड्र्समा खेल्ने मौका प्रदान गरेकोमा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले एमसीसीलाई धन्यवाद दिएका छन्। एशोसियट राष्ट्रलाई प्रोत्साहन गरेकोमा खुशी व्यक्त गर्दै उनले उक्त खेल हेर्न स्टेडियमा उपस्थित भएर सहयोग गर्न बेलायतमा रहेका नेपालीहरुलाई आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।