काठमाडौं- बंगलादेशले भारत सरकारले बंगलादेशी आप्रवासीहरूलाई फिर्ता नपठाउने भनी लिखित प्रतिबद्धतापत्र जारी गर्न मोदी सरकारलाई आग्रह गरेको छ।
भारतको नागरिकता कानुन संशोधनलाई मध्यनजर गर्दै बंगलादेशले सो कुरा उठाएको हो।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो देश लचिलो हुँदा आफूलाई समेत असर परेको बताइन्।
बंगलादेशकी प्रधानमन्त्रीको भारत भ्रमणका बेला भारतले उक्त कुरामा आलटाल गर्न खोजेको थियो। मौखिक रुपमा सहमति जनाए पनि लिखित प्रतिबद्धता दिन भने अस्वीकार गरेको थियो।
उनको भारत भ्रमणको समयमा आसाममा रहेका आप्रवासीहरुलाई भारतले फेरि बंगलादेश नपठाउने भनी मौखिक प्रतिबद्धता दिएको थियो।
लिखित प्रतिबद्धताको कुरा उठाउँदा भारतीय अधिकारीहरूले भने उच्च अदालतको फैसलाबमोजिम नै कसरत भइरहेको जनाएका थिए।
यो विषयमा गत आइतबार बोर्डर गार्ड्स बंगलादेशका प्रमुख सफिनुल इस्लामको भारत भ्रमणका क्रममा पनि चर्चा भएको भारतीय समाचार संस्था ‘द प्रिन्ट’ले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।