• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १५, २०८३ Mon, Jun 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस प्रवृत्ति : विधानले बाधा पुर्‍याए धारा नै निलम्बन

64x64
नेपाल लाइभ सोमबार, पुस १४, २०७६  १७:३८
1140x725

काठमाडौं- कांग्रेस संस्थापन पक्षले बहुमतका आधारमा विधानका केही व्यवस्था निलम्बन गरेको छ। केन्द्रीय समितिबाट बहुमतले पारित भएको उक्त निर्णयप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले भने गम्भीर आपत्ति जनाएको छ।

कांग्रेसले १४औं महाधिवेशनको प्रयोजनका लागि विधानका केही व्यवस्था हटाइएको हो। ‘क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा पार्टीका विभिन्न तहका सांगठनिक संरचनाको अधिवेशन गर्न' विधानका केही धारा हटाउनु परेको कांग्रेसले जनाइएको छ।

पुस ११ मा बसेको केन्द्रीय समितिको बैठकले बहुमतका आधारमा २०७७ फागुनमा बोलाइएको केन्द्रीय महाधिवेशनलाई सहज हुने गरी विधानका केही व्यवस्था निलम्बन गरेको हो। १४औं महाधिवेशन प्रयोजनका लागि व्यवधान पुर्‍याउने व्यवस्था मात्र निलम्बन गरिएको हो। 

विधानको धारा ४ (२) मा नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि क्रियाशील सदस्यता प्राप्त गर्ने व्यवस्था छ। तर यस्तो व्यवस्था आगामी चौधौं महाधिवेशनका लागि भने लागू नहुने भएको छ। उक्त प्रावधान कांग्रेसको केन्द्रीय समितिले निलम्बन गरिदिएको हो। योसँगै पार्टीको सदस्यता लिएको एक वर्ष नपुगे पनि क्रियाशील सदस्यता वितरण गर्न बाटो खुलेको छ। 

अन्य मुद्दामा केन्द्रित रहेर दुई पक्षको वार्ता जारी रहकै समयमा संस्थापन पक्षले विधानका प्रावधानसमेत निलम्बन गरेपछि पौडेल/सिटौला समूह संस्थापन पक्षसँग झस्किएको छ। पार्टीभित्र सहमति कायम गर्न गठित वार्ता समूहका सदस्य दिलेन्द्रप्रसाद बडुले भने, ‘धेरै कुरामा सहमतिको नजिक पुगिसकेका थियौं। अकस्मात् विधानका प्रावधान हटाइयो।’

nimb
nimb
Ncell 2
Ncell 2

एक वर्षभित्र १४औं महाधिवेशन गर्नुपर्ने बाध्यकारी परिस्थिति रहेकाले विधानमा 'एक वर्ष वा ६ महिना' राखिएका प्रावधान केन्द्रीय समिति बैठकले हटाएको हो। विधानको धारा ४ (१०) ‘ञ’ मा रहेको महाधिवेशन हुने मितिभन्दा ६ महिना पहिले क्रियाशील सदस्यता प्राप्त गरेको वा नवीकरण गरेको व्यक्तिले मात्र महाधिवेशनका लागि मतदानमा भाग लिन पाउने व्यवस्थासमेत हटाइएको छ। अब महाधिवेशनको अघिसम्म वितरित क्रियाशील सदस्यले समेत मतदानमा भाग लिन पाउने भएका छन्। महाधिवेशन हुनुभन्दा कति समय पहिलेसम्म क्रियाशील सदस्यता लिएका वा नवीकरण गरेकाले महाधिवेशनमा मतदान गर्न पाउने भन्ने विषयमा विधान मौन बन्न पुगेको छ।

क्रियाशील सदस्यता वितरण प्रक्रियालाई लिएर कांग्रेसभित्र हरेकजसो महाधिवेशनमा विवाद उत्पन्न हुने गरेको छ। नेताहरूले विजयी हुनका लागि आफू निकटका सदस्यहरुलाई मात्र क्रियाशील सदस्यता वितरण गर्दै आएको आवाज विगतदेखि नै उठ्दै आएको छ। क्रियाशील सदस्यता वितरण महाधिवेशनको सम्मुखसम्म हुँदा संस्थापन पक्षले चलखेल गर्न सक्ने संस्थापन इतर समूहका नेताहरुको तर्क छ। 

तर संस्थापन इतर समूहको यो तर्क मान्न पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा भने तयार छैनन्। पुस ११ मा बसेको केन्द्रीय समितिको बैठकअघि नै सो बैठककका लागि प्रस्ताव हुने विषयका बारेमा संस्थापन इतरका नेताहरुसँग प्रर्याप्त छलफल भएको प्रवक्ता शर्माको दाबी छ। ‘विभाग, तरुण दल, नेविसंघ, कांग्रेस विधानका धारा निलम्बनलगायतका सबै विषयमा पर्याप्त छलफलपछि मात्र बैठकमा ल्याइएको हो,’ उनले भने, ‘विभागको भागबण्डाका विषयमा मात्रै कुरा हुन सकेको थिएन। अन्य विषयमा छलफल भइसकेको थियो।’

केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशन हुनुभन्दा कम्तीमा १ वर्ष अगावै स्थानीय तहको सबै अधिवेशन सक्नुपर्ने व्यवस्था विधानमा छ। सो व्यवस्थाअनुसार तल्ला तहका अधिवेशन समयमा हुन नसक्ने भएपछि उक्त प्रावधानसमेत निलम्बन गरिएको छ। सो व्यवस्था कायम रहेको अवस्थामा स्थानीय तहको अधिवेशन २०७६ फागुनअघि नै सक्नुपर्ने थियो। कांग्रेसको महाधिवेशन २०७७ फागुनमा हुने निर्धारण गरिएको छ। स्थानीय तहको अधिवेशन २०७७ मंसिर ९ बाट सुरु भई मंसिर २५ मा सक्ने गरी कार्यतालिका बनाइएको छ। अब सबै स्थानीय तहको अधिवेशन केन्द्रीय महाधिवेशनभन्दा दुई महिनाअघि मात्र सकिने भएको छ।

प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन हुनुभन्दा ३ महिना पहिले प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्ने व्यवस्थासमेत निलम्बन गरिएको छ। विधानको धारा ३५ (२) ‘घ’ मा रहेको उक्त व्यवस्था हटाइएको हो। प्रदेश अधिवेशन २०७७ को पुस १५ मा तोकिएको छ।

अधिवेशन हुनुभन्दा ६ महिनाअघिसम्म सदस्यता वितरण र सदस्यता नवीकरणको प्रावधानसमेत निलम्बन गरिएको छ। विधानको धारा ५०(६) को व्यवस्थालाई निलम्बन गरी सदस्यता वितरण र नवीकरण निरन्तरता गर्न सहज बनाइएको छ।

पार्टी विधानमा भएका प्रावधानलाई केन्द्रीय समितिले निलम्बन गरे पनि त्यसलाई महासमिति वा महाधिवेशनले अनुमोदन गर्नु पर्ने हुन्छ। धारा ५० (५) को व्यवस्था प्रयोग गरी संस्थापन पक्षले बहुमतको आधारमा केन्द्रीय समिति बैठकबाट विधानका धारा निलम्बन गर्ने निर्णय गराएको छ। उक्त प्रावधानमा ‘विधानमा उल्लेख भएका कुराहरुमा अपर्झट निर्णय गर्नु परेमा पार्टी परम्परालाई ध्यानमा राखी केन्द्रीय समितिले गर्न सक्ने’ उल्लेख गरिएको छ। धारा ७१ मा रहेको बाधा अड्काउ फुकाउने अधिकारलाई संस्थापन पक्षले प्रयोग गरेको हो। (तस्बिर : कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको फाइल तस्बिर)

प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  १७:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
सार्वजनिक लेखा परीक्षणलाई प्रविधिमैत्री र नतिजा केन्द्रित बनाउनुपर्नेमा सभामुखको जोड
नेकपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै
सम्बन्धित सामग्री
सरकारी सवारीमा निजी नम्बर प्लेट प्रयोग भएको भन्दै सांसदको आपत्ति राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपाल खानेपानी संस्थान राजविराज, मोरङको पथरीशनिश्चरे नगरपालिका तथा काठमाडौँका केही सार्वजनिक निका... सोमबार, असार १५, २०८३
पुनर्गठनका लागि एमालेका युवाहरूले थाले छुट्टै मत सर्वेक्षण सर्वेक्षणमा कुन कमिटीका नेतालाई नेतृत्वमा ल्याउनेदेखि अर्लि महाधिवेशनको आवश्यकताबारे समेत प्रश्नावली राखिएको छ । उनीहरूले  एमालेको र... सोमबार, असार १५, २०८३
पुँजीबजारका लगानीकर्ताको हितमा काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । शपथपछि अर्थमन्त्री डा.वाग्लेले नवनियुक्त अध्यक्... सोमबार, असार १५, २०८३
ताजा समाचारसबै
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा सोमबार, असार १५, २०८३
सार्वजनिक लेखा परीक्षणलाई प्रविधिमैत्री र नतिजा केन्द्रित बनाउनुपर्नेमा सभामुखको जोड सोमबार, असार १५, २०८३
नेकपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै सोमबार, असार १५, २०८३
विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयाे सोमबार, असार १५, २०८३
सरकारी सवारीमा निजी नम्बर प्लेट प्रयोग भएको भन्दै सांसदको आपत्ति सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्