काठमाडौं– नेकपा एमालेका युवाहरूले पार्टी पुनर्गठनका लागि छुट्टै मत सर्वेक्षण अभियान सुरु गरेका छन् । पार्टीको पुनगर्ठन कार्यदलले सीमित नेतासँग मात्र सुझाव लिएकाले स्वतन्त्र मत सर्वेक्षण सुरु गरिएको उनीहरूले बताएका छन् ।
सर्वेक्षणमा कुन कमिटीका नेतालाई नेतृत्वमा ल्याउनेदेखि अर्लि महाधिवेशनको आवश्यकताबारे समेत प्रश्नावली राखिएको छ । उनीहरूले एमालेको रुपान्तरण र पुनर्सरचनासहितको पुस्तान्तरण एक नारा मात्र नभई नेपालको राष्ट्रियता, स्वाधिनता र नेपालीको समृद्धिसँग जोडिएको अभिन्न प्रक्रिया रहेको बताएका छन् ।
अहिले एमालेको रुपान्तरण, हस्तान्तरण र पुस्तान्तरण गरेर मात्र तीव्र गतिमा नेपालको कम्युनिस्ट आन्दोलनमा भइरहेको क्षतिलाई रोक्न सकिने उनीहरूको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।