काठमाडौं– एक युवतीलाई यौनधन्दामा लगाएको आरोपमा नयाँबसपार्क क्षेत्रबाट २ जना पक्राउ परेका छन्। सिराहाका २४ वर्षीय श्यामप्रसाद यादव र सुर्खेतकी २१ वर्षीया जमिउल खातुनलाई गत साता प्रहरीले पक्राउ गरेको हो।
मित्रनगरको एक गेष्टहाउसमा उनीहरुले यौनधन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ। पक्राउ परेका यादवले ग्राहक खोज्ने र खातुनले युवती मिलाउने काम गर्दै आएका थिए। दुवै जना बसर्पाकमा ब्रोकरका रुपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका अनुसार उनीहरुले एक व्यक्तिसँग १० हजार रुपैयाँ लिएर युवतीलाई बेश्यावृत्तिमा लगाएका थिए। आधा पैसा आफूहरुले राख्ने र युवतीलाई आधा मात्र दिने गरेका थिए।
पीडित युवतीको जाहेरीका आधारमा प्रहरीले उनीहरुविरुद्ध मानव बेचबिखन मुद्दा अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।