• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

जिन सम्पादन गरेर बच्चा जन्माउने चिनियाँ वैज्ञानिकलाई कैद

64x64
नेपाल लाइभ सोमबार, पुस १४, २०७६  १६:५१
1140x725

काठमाडौं- जिन सम्पादन गरेर पहिलो पटक बच्चाको जन्माउन सफल भएका चिनियाँ वैज्ञानिक हि जियान्कुईलाई ३ वर्षको जेल सजाय हुने भएको छ।

जिन सम्पादन गरी दुई जना बच्चा जन्माएकोमा चिनियाँ अदालतले उनलाई ३ वर्ष कैद र ३० लाख युआन जरिवानाको फैसला सुनाएको हो।

जियान्कुईले सन् २०१८ जुनमा नै आफूले जिन सम्पादन गर्ने ‘क्रिस्पर् क्यास-९’ नामक नयाँ प्रविधीको माध्यमबाट दुईजना जुम्ल्याहा बच्चीमा सफल परिक्षण गरेका थिए। 

चिनियाँ अदालतले उनले अवैधानिक रुपमा यस्तो कार्य गरेको ठहर गर्दै सो फैसला सुनाएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।

अदालतले उनीसहित उक्त कार्यमा संलग्न अन्य दुई जनालाई सजायको फैसला सुनाएको छ। उनका सहयोगी जाङ रेन्लीलाई अदालतले १० लाख यूआन र २ वर्ष कैदको फैसला सुनाएको छ भने अर्का सहयोगी किन् जिन्जोउलाई ५ लाख यूआन र १८ महिना कैदको फैसला सुनाएको हो।

सिन्ह्वाका अनुसार अदालतले भनेको छ,‘यी तीन वैज्ञानिकले पैसा र प्रतिष्ठाका लागि विज्ञानको नियम र मर्यादा तोडे।’

अभियुक्तसँग कुनै पनि औषधी परिक्षण गर्न मिल्ने उचित सर्टिफिकेट नभएकाले उनीहरू चिनको ‘नेसनल रेगुलेसन्स इन साइन्टिफिक रिसर्च एण्ड मेडिकल ट्रिटमेन्ट’का नियमविरुद्ध गएकाले अदालतले सो फैसला सुनाएको जनाइएको छ। 

अन्य देशका वैज्ञानिकहरूले पनि खोज गरेको तर परिक्षण गर्नबाट रोक लगाइएकाले उनीहरूले जिन सम्पादनको प्रयोग भने गरेका थिएनन्।

Ncell 2
Ncell 2
nimb
nimb

के थियो उनको दाबी?
जुम्ल्याहा बालिकामा एचआईभी सङ्क्रमण नहुने गुण विकसित हुनेगरी तिनको भ्रूणमा डीएनए परिवर्तन गरिएको दाबी ती वैज्ञानिकले गरेका थिए।

विवाद सिर्जना भएको केही दिनपछि युनिभर्सिटी अफ हङ्‌कङमा आयोजित 'ह्युमन जिनोम एडटिङ समिट' मा उनले पहिलोचोटि बोलेका थिए।

उनका अनुसार लुलु र नाना नाम राखिएका ती बालिकाहरूलाई सामान्य रूपमै जन्माइएको र अहिले स्वस्थ भएको बताएका थिए।

Xtrem

Xtrem

उनीहरूलाई १८ वर्षसम्म निगरानीमा राख्ने योजना भएको उनले सुनाएका थिए।

एचआइभीको सङ्क्रमण भएका पिता र नभएका आमा सहितका आठवटा दम्पती स्वैच्छिक रूपमा त्यो प्रयोगका लागि तयार भएको उनको भनाइ थियो। तर पछि एक दम्पती भने सहभागी भएनन्।

आफ्नो अनुसन्धान एउटा वैज्ञानिक जर्नलमा प्रकाशित गर्न पठाइएको दाबी उनले गरेका थिए।

उनका अनुसार सम्पादित जिन अर्थात् फेरिएको वंशाणुयुक्त भ्रूण भएको अर्को एउटा गर्भ प्रारम्भिक चरणमा रहेको थियो।

विवाद किन ?
जिन सम्पादन गर्न प्रयोग गरेको दाबी गरेको 'क्रिस्पर' नामक टुल सन् २०१२ मा विकसित गरिएको थियो।

यो प्रक्रियाअनुसार 'मलेक्युलर सिजर्ज' अर्थात् 'आणविक कैँची' प्रयोग गरेर डीएनएको निर्दिष्ट त्यान्द्रो काटी त्यसको स्थानमा अर्को टुक्रा राखिदिएर अथवा केही मिलाएर परिवर्तन गर्न सकिन्छ।

जिन सम्पादनबाट भ्रूणमा समस्याग्रस्त भाग काटेर वा फेरेर वंशाणुगत रोग रोक्न सकिन्छ।

तर भ्रूणको जिनोममा हेरफेर गर्दा जन्मिने बच्चामात्र नभएर तिनका सन्ततिमा पनि त्यस्तो परिवर्तन गरिएका वंशाणुहरू सर्ने भनेर विज्ञहरूले चिन्ता प्रकट गरेका छन्।

त्यसैले वैज्ञानिकहरूले हि जियान्कुईको घोषणाको आलोचना गरेका थिए।

सयौँ चिनियाँ वैज्ञानिकहरूले उनको अनुसन्धानको निन्दा गर्दै र आफूहरू त्यसको विपक्षमा रहेको जनाउँदै हस्ताक्षर गरेर एउटा पत्र सामाजिक सञ्जालमा प्रेषितसमेत गरेका थिए।

युनिभर्सिटी अफ अक्स्फोर्डमा कार्यरत एथिक्स अर्थात् नैतिक मूल्यमान्यताका विशेषज्ञ जुलियन स्याभलेस्कू भन्छन्, ‘यदि सत्य हो भने यो प्रयोग दानवीय छ। जिन सम्पादन आफैँमा प्रयोगात्मक छ र अझै पनि यससँग अनपेक्षित म्युटेशन (आनुवंशिक विकृति) जोडिन्छन्।’

उनका अनुसार कृत्रिम रूपमा जिन सम्पादन गर्दा क्यान्सरलगायत अन्य आनुवंशिक समस्या उत्पन्न हुनसक्छ।

धेरै देशमा प्रजननका लागि मानिसमा जिन सम्पादन गर्न पाइँदैन।

कृत्रिम गर्भाधान गराउन तयार पारिएको भए पनि पछि परित्याग गरिएका भ्रूणमा वैज्ञानिकहरूले जिन सम्पादनको प्रयोग गर्न पाउँछन्। तर तिनबाट बच्चा विकास नगराई तुरुन्तै नाश गर्नुपर्छ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  १६:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते
सम्बन्धित सामग्री
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई सोमबार, असोज २६, २०८३
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे सोमबार, असोज २६, २०८३
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते सोमबार, असोज २६, २०८३
कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ : नैनसिंह महर सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्