काठमाडौं– अफगानिस्तानले आइसिसी एकदिवसीय विश्वकप छनोटको उपाधि जितेको छ। आइतबार भएको विश्वकप छनोटको फाइनलमा वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तान च्याम्पियन बनेको हो।
जिम्बावेमा भएको प्रतियोगितामा फाइनलमा पुगेका अफगानिस्तान र वेस्ट इन्डिजले यसअघि विश्वकपको टिकट काटेका थिए। सुपर ६ मा नेपालको जितले पुगेको अफगानिस्तान युएईको जितले फाइनलमा स्थान बनाएको थियो।
हरारे स्पोर्ट्स क्लब भएको फाइनल भिडन्तमा वेस्ट इन्डिजले दिएको २ सय ५ रनको लक्ष्य अफगानिस्तानले ३ विकेटको क्षतिमा ४०.४ ओभरमा पूरा गर्दै सानदार जित हात पारेको हो। अफगानिस्तानको जितमा ओपनर मोहमद साहजादले ८४ रनको योगदान गरे। उनले ९३ बलमा ११ चौका र २ छक्का प्रहार गरे। रहमत साहले ५१ रन जोड्दा सइमुल्लाह सेनवारीले नटआउट २० र मोहमद नाबीले नटआउट २७ रनको योगदान गरे।
त्यसअघि वेस्ट इन्डिज ४६.५ ओभरमा २ सय ४ रनमा अलआउट भयो। वेस्ट इन्डिजका लागि रोमान पावेलले सर्वाधिक ४४ रन जोडे। बलिङतर्फ अफगानिस्तानका मुजिर उर रहमानले ४ विकेट लिए। गुल्वादिन इइबले २ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।