काठमाडौं- काठमाडौं उपत्यकाबाट पक्राउ परेका चिनियाँ नागरिकमाथि अनुसन्धान गर्न १० दिनकाे म्याद थप भएकाे छ।
जिल्ला प्रशासन कार्यलयले आइतबार अभद्र व्यवहार कसुरमा थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको हो। यसअघि ५ दिनकाे म्याद दिइएको थियो।
प्रहरीले गत सोमबार १ सय २२ चिनियाँ नागरिकलाई पक्राउ गरेकाे थियाे। नेपालमा बसेर चीनमा अपराध गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्। पक्राउ परेका चिनियाँ सफ्टवयेर कम्पनी सञ्चालन गर्ने उद्देश्य बनाएर नेपाल छिरेको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।