बुटवल– तेश्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा एपिएफ क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ।
बुटवलको रामनगरस्थित मानव ज्ञान माविको मैदानमा भएको खेलमा एपीएफले रमपम झापा–११ लाई ४–२ गोलले हराउँदै अन्तिम आठमा पुगेको हो।
झापा–११ का कर्ण लिम्बुले खेल ५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। एपिएफका रामकुमार कुमालले १८ औ मिनेटमा गोल गदै १–१ को बराबरीमा पुर्याए।
झापाका डिफेन्डर डिलेन लोक्तानले ३५ औं मिनेटमा डिएरिया भित्र फाउल खेल पछि पाएको पेनाल्टीलाई ३६ औ मिनेटमा नविन लामाले गोलमा परिणत गदै एपिएफलाई २–१ गोलको अग्रता दिलाए ।
झापाले दोश्रो हाफ पछि अर्को गोल गदै २–२ को बराबरी गर्यो । कर्ण लिम्बुको हेडलाई सदुपयोग गदै खमिर गिल्सन खन्डवाले हेडमार्फत नै ५७ औं मिनेटमा बललाई जालि चुमाएका थिए। झापाले चुस्त डिफेन्स गर्न नसक्दा एपिएफका नविन लामाले ६१ औं मिनेटमा गोल गदै टिमलाई पुनः ३–२ गोलको अग्रता दिलाए । लामाले ८९ औं मिनेटमा ह्याट्रिक गोल गदै टिमलाई ४–२ गोलको जित दिलाए । लामा म्यान अफ द म्याच चुनिए । उनले नगद १० हजार रुपैयाँ पाए।
प्रतियोगिता अन्तर्गत सोमबार पहिलोक्वाटर फाइनल खेल आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी र नेपाल आर्मी बीच हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।