काठमाडाैं- द्वन्द्व पीडित राष्ट्रिय संजालले द्वन्द्वकालीन मुद्दाहरु निरूपणका लागि तत्काल बिशेष अदालत गठन प्रकृया अगाडि बढाउन माग गरेकाे छ।
संजालले विज्ञप्ति जारी गरेर राजनीतिक खिचातानीको सिकार हुन पुगेको संक्रमणकालीन न्याय प्रकृया तत्काल अगाडि बढाउन ध्यानाकर्षण गराउँदै यस्ताे माग गरेकाे हाे।
संजालले अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको पीडित मैत्री, कानुनी र सामाजिक रूपमा मान्य र स्वीकार्य खालको ऐन संशोधन पछिमात्र आयोग गठन प्रकृया अगाडि बढाउन संजालले सरकारलाई आग्रह गरेकाे छ।
सर्वाेच्च अदालतको गाइड लाइन अनुसार ऐनमा संशोधन र आयोग गठन प्रकृया तत्काल अगाडि बढाउन संजालले भनेकाे छ।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।