जनकपुर- करिब दुई सातायता लगातार बढ्दै गएको चिसोका कारण धनुषाका सबै सामुदायिक विद्यालय बन्द भएका छन्।
शीतलहरको कारण अत्यधिक चिसो बढेपछि धनुषाका सामुदायिक विद्यालयहरुमा पुस १८ गते शुक्रबारसम्म बिदा दिइएको शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख बरखुप्रसाद रजकले जानकारी दिए।
मौसमका कारण विद्यालयमा बालबालिकालाई असहज हुन थालेपछि ६ दिनसम्म सम्पूर्ण सामुदायिक विद्यालयहरुमा अध्ययन अध्यापन बन्द गरिएको प्रमुख रजकले बताए।
धनुषाका निजी विद्यालयहरुमा समेत तीन दिनका लागि बिदा दिने निर्णय भएको एन–प्याब्सन धनुषाका अध्यक्ष सुजितकुमार मिश्रले जानकारी दिए।
निजी विद्यालयमा पुस १४ गते सोमबारदेखि १६ गते बुधबारसम्म तीन दिनका लागि बिदा दिने निर्णय भएको छ। जाडो अत्यधिक बढेपछि अहिले तराईको जनजीवन प्रभावित भएको छ। (प्रतीकात्मक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।