काठमाडौं– वाम एकताको मस्यौदामा थप छलफल आवश्यक रहेको निष्कर्ष बैठकमा सहभागीहरुले निकालेका छन्।
पार्टी एकताको प्राविधिक विषय मिलाउन वामगठबन्धनले गठन गरेको राजनीतिक प्रतिवेदन कार्यदलको बैठक आइतबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो।
'छलफल जारी छ', बैठकमा सहभागी रघुजी पन्तले भने, 'विभिन्न कोणबाट सुझाब आएको छ।'
कार्यदलले बनाएको मस्यौदामा एमाले नेता माधव नेपाल संयोजकत्वको कार्यदलले राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गरेको थियो। कार्यदलले तयार गरेको मस्यौदामा आज सदस्यहरुले छलफल गरेका थिए।
सदस्यहरु प्रतिवेदनमा सुधार गर्नुपर्ने पक्षमा सदस्यहरुले सुझाब दिएका थिए। अब छलफल गरेर सहमतिको प्रतिवेदन बनाउने निर्णयमा कार्यदल पुगेको छ।
बढीमा एक हप्ताभित्रमा सहमतिको प्रतिवेदन बनाउने कार्यदलमा सहमति भएको पन्तले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।