काठमाडाैं- लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को गभर्नरमा अनन्त भेटुवाल चयन भएका छन्। छैटौं राष्ट्रिय सम्मेलनबाट ३ सय २७ एस भोट प्राप्त गरी लायन भेटवाल डिस्ट्रिक गभर्नरमा चयन भएका हुन्।
त्यस्तै, प्रथम भाइस डिस्ट्रिक गभर्नरमा राजन खत्री निर्वाचित भएका छन्। खत्रीले ३ सय २८ एस भोट प्राप्त गरेका छन भने द्वितीय भाइस डिस्ट्रिक गभर्नरमा टंकबहादुर श्रेष्ठ विजयी भएका छन्।
विजयी भेटुवालले आफ्नो कार्यकालमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताए। उनले लायन्स मार्फत समाजसेवालाई थप सशक्त पार्दै सक्रिय रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।