• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

२०१९ का चर्चित विश्वघटनाः भेनेजुएलामा राष्ट्रपति घोषणादेखि रुसको छुट्टै इन्टरनेटसम्म

64x64
नेपाल लाइभ आइतबार, पुस १३, २०७६  १६:०२
1140x725

काठमाडौं- वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो। विशेषगरी अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यमहरु ओगटे भने अन्य देशका पनि केही घटनाले स्थान पाए। सन् २०१९ का चर्चित विश्व घटनालाई यहाँ चर्चा गरिएको छ: 

१. भेनेजुएलाको पक्ष-विपक्षमा विश्व विभाजित  
सन् २०१९ को सुरुवात भेनेजुएलाको राजनीतिक संकटबाट सुरु भएको थियो। जनवरीमा २३ मा भेनेजुएलाको राष्ट्रिय सभाका प्रमुख ३५ वर्षीय हुँवा गुएइदोले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्व समुदाय विभाजित भयो। राष्ट्रपति निकोलस मदुरोलाई निर्वाचित गरेको निर्वाचन निष्पक्ष नभएको भन्दै उनले मदुरो अवैध राष्ट्रपति भएको तर्क गरेका थिए। गुएइदोको घोषणापछि चीन, रुससहितका केही ठूला देश र टर्की, क्युबा, बोलिभिया, उरुग्वे, मेक्सिकोसँगै इरान र उत्तर कोरियालगायतका देशले ५६ वर्षीय मदुरोको समर्थन गरेका थिए भने अमेरिका, युरोपेली राष्ट्रहरु, ब्राजिल, कोलम्बिया, अर्जेन्टिना र अष्ट्रेलिया, इजरायललगायत झण्डै ५० देशले गुएइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका थिए। तर मदुरो अहिलेसम्म पनि राष्ट्रपति भवनमै रहन सफल भएका छन्। 

२. बेलायतमा ब्रेक्जिट सम्झौताको पक्षमा जनमत 
बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनको पार्टी कन्जरभेटिभ्सले संसदको निर्वाचनमा बेलायतलाई युरोपेली संघ (ईयू)बाट बाहिर निकाल्ने जनादेश सहितको बहुमत पाएको छ। हाउस अफ कमन्सका ६ सय ५० स्थानमध्ये घोषणा गरिएका ६ सय स्थानमा जोनसनको कन्जरभेटिभ्स पार्टीले ३ सय २६ स्थानमा विजय प्राप्त गरेको छ। उनले आगामी जनवरी ३१ मा बेलायतलाई इयूबाट अलग्याउने गृहकार्य गरिरहेका छन्। तत्कालीन प्रधानमन्त्री थेरेसा मेले बहुमत गुमाएपछि अन्तरिम प्रधानमन्त्री हुदै उनी नयाँ निर्वाचनबाट फेरि प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।  

३. सम्बन्ध सुधार्ने प्रयासमा अमेरिका र उत्तर कोरिया
एक अर्कालाई प्रमुख दुश्मन ठान्ने उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा सन् २०१९ मा उल्लेख्य प्रगति नभए पनि शीर्ष नेताको दुई बैठक भयो। अघिल्लो वर्षको जुन १२ का दिन सिङ्गापुरमा पहिलो पटक अंगालो हालेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले यस वर्ष दुई पटक शिखर बैठक गरे। दोस्रो बैठक फेब्रुअरी २७ र २८ मा भियतनाममा भयो भने तेस्रो बैठक दुई कोरियाबीचको सिमानामा जुलाई १ मा भयो। दुवै बैठक ठोस उपलब्धीमूलक नभए पनि द्विपक्षीय सम्बन्धमा दरार नहुनुलाई नै सन्तोषको रुपमा हेरिएको छ।  

४. बाढी र रोगबाट सयौँको मृत्यु 
बाढीका कारण भारतको केरला, कर्नाटक, गुजरात र महाराष्ट्रमा गरी ३ सय भन्दाबढीको मृत्यु भयो। भारतकै विहारमा फैलिएको इन्सेफ्लाइटिस् रोगका कारण १ सय ६१ भन्दा बढीले ज्यान गुमाए। अष्ट्रेलियामा यस वर्ष फ्लूका कारण २ सय २० जनाभन्दा बढीको मृत्यु भयो। 

५. आन्दोलनमा सयौँ मारिए 
सुडानमा भएको आन्दोलनका क्रममा १०८ जनाको मृत्यु भयो भने इराकमा झण्डै एक सय जना आन्दोलनकै क्रममा मारिएका छन्। अफ्रिकी अन्य देशहरुमा पनि बेरोजगारी बढेको, आधारभूत सेवाबाट आम जनता बिमुख रहेको तथा सरकारमा भ्रष्टाचार बढेको भन्दै भइरहेका आन्दोलनमा परी सयौँको मृत्यु भएको छ। 

६. बेलायतमा कन्टेनरभित्र ३९ जनाको शव
बेलायतको एसेक्सस्थित वाटरग्लेड औद्योगिक क्षेत्रको पूर्वी सडकमा राखिएको एउटा लरीको कन्टेनरभित्र ३९ वटा शव फेला परेका छन्। शवमध्ये ३८ जना वयस्क र एक जना किशोरको रहेको परिक्षणबाट पुष्टि भएको थियो। उनीहरु सुरुमा चिनियाँ नागरिक भनिएपनि पछि भने भियतनामी भएको अधिकारीहरुले बताएका थिए।  

७. राजिव गान्धीको राजीनामा
भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिए। लोकसभा चुनावमा नराम्रोसँग हार व्यहोरेपछि राहुलले पदबाट राजीनामा दिएका थिए। उनलाई राजीनामा नदिन शुभेच्छुकहरुले दवाव दिएपनि उनले मानेनन्। उनको अडानका कारण पार्टीका पूर्व अध्यक्ष तथा राजिवकी आमा सोनिया गान्धी नै अहिले भारतीय राष्ट्रिय कांग्रेसको अन्तरिम अध्यक्ष रहेकी छन्।  

Ncell 2
Ncell 2
nimb
nimb

८. जापानी सम्राटको दुर्लभ निर्णय 
जापानको इतिहासमा २ सय वर्षभन्दा बढी समयसम्म नभएको घटना यस वर्ष भयो। त्यहाँका सम्राट सम्राट अकिहितोले स्वेच्छाले राजगद्दी त्याग्ने दुर्लभ निर्णय गरे। अकिहितोले गद्दी त्याग गरेपछि उनका छोरा ५९ वर्षका नारुहितो जापानको राजा भए। नयाँ राजाले राजगद्दी सम्हालेसँगै जापानमा नयाँ युगको सुरुवात भएको भनिएको छ। 

९. भारतमा बाबरी मस्जिद र जम्मु कश्मिर   
भारत सरकारले जुलाई ५ मा मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेश जारी गर्‍यो। त्यसपछि जम्मु-काश्मिर छुट्टै राज्य नभई केन्द्र शासित प्रदेश भएकाले भारतको इतिहासमा यसलाई महत्वपूर्ण दिनको रुपमा लिइएको छ। भारतकै अयोध्यामा वर्षाैँ पुरानो तथा विवादित मुद्दामा यस वर्ष फैसला भयो। उक्त स्थानमा रहेको रामको मन्दिर हिन्दूहरुले आफ्नो क्षेत्रका रुपमा दाबी गरेका थिए भने इस्लामहरुले पनि उक्त क्षेत्रमा वावरी मस्जिद बनाउनुपर्ने दाबी गर्दै आएका थिए। सर्वाेच्च अदालतले सो स्थान हिन्दूहरुलाई दिने र इस्लामहरुका लागि मस्जिद बनाउन अर्को ठाउँमा जमिनको व्यवस्था गर्न फैसला गर्‍यो।   

१०. श्रीलंकामा दाजुभाइको सत्तारोहण 
श्रीलङ्कामा भएको राष्ट्रपतीय निर्वाचनबाट पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाइ गोटावया राजापाक्षे राष्ट्रपतिमा निर्वाचित भए। उनी निर्वाचित भएको केही दिनमै तत्कालीन प्रधानमन्त्री रनील विक्रमासिंघेले राजीनामा दिए र आफ्नै दाइ तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई नै प्रधानमन्त्रीमा नियुक्त गरे। सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति बनेर बाहिरिएका राजापक्षे फेरि सत्तामा फर्किएको र दाइ प्रधानमन्त्री तथा भाइ राष्ट्रपति भएको विषय दक्षिण एसियाको एक चर्चाको विषय रह्यो।  

११. इजिप्टका पूर्व राष्ट्रपति मोर्सीको अदालतमै मृत्यु
इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा बयान दिने क्रममा ढलेर मृत्यु भयो। अरब क्रान्तिपछि सन् २०१३ मा इजिप्टका राष्ट्रपति भएका मोर्सीलाई सेनाले एक वर्षमै अपदस्थ गरेको थियो। अदालतमा बयान दिन लागेको केहीबेरमा मोर्सी ढलेका थिए। प्रतिबन्धित मुस्लिम ब्रदरहुडका शीर्ष नेता ६७ वर्षीय मोर्सीका समर्थकहरुले भने उनको हत्या भएको आरोप लगाएका थिए। 

Xtrem

Xtrem

१२. पेरुका पूर्व राष्ट्रपति अमेरिकामा पक्राउ
भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा पक्राउ परे। सन् २०१७ देखि संयुक्तराज्य अमेरिकामा बस्दै आएका टोलेडोमाथि ब्राजिली विशाल निर्माण कम्पनी ओडेब्रेक्टसँग पेरु र ब्राजिल जोड्ने राजमार्ग निर्माणको ठेक्का दिँदा घुस लिएको तथा अरु विभिन्न अपराधमा संलग्न रहेको आरोप छ। 

१३.  दुई सय २७ बालबालिकाको सामूहिक चिहान
दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरुले २ सय २७ जना बालबालिकाको सामूहिक चिहान फेला पारे। आजसम्म फेला पारिएको यस्ता चिहानहरुमा यो सबैभन्दा ठूलो भएको अधिकारीहरुले बताएका थिए। 

१४. ‘मीटू’ मुद्दामा ३४ लाख क्षतिपूर्ति
जापानमा ‘मीटू’ अभियानबाट चर्चित ३० वर्षीया पत्रकार शिओरी इटोले बलात्कार सम्बन्धी मुद्दा जितेकी छन्। जापानमा यौनको विषयमा कम बहस हुने भएकाले यसलाई अत्यन्त महत्वका साथ लिइएको थियो। टोकियोस्थित ‘सिभिल कोर्ट’ ले इटोको पक्षमा फैसला सुनाउँदै पीडितलाई ३४ लाखभन्दा बढी रुपैयाँ जरिवाना तिर्न आदेश दिएको थियो। उनले आफूलाई करिअरबारे छलफल गर्न होटलमा बोलाएर बलात्कार भएको भन्दै दोषीलाई कारबाही गर्न र आफुलाई क्षतिपुर्ती दिलाउन माग गरेकी थिइन्। 

१५. सरिफ सिकिस्त, अब्बासी पक्राउ 
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सिकिस्त बिरामी भएका छन्। भ्रष्टाचार अभियोगमा जेल सजाय भोगिरहेका सरिफ जेलमै सिकिस्त बिरामी भएपछि बेलायत लगिएको थियो। उनको अवस्था अहिले पनि चिन्ताजनक नै रहेको छ। सन् २०१९ मै पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासी पनि भ्रष्टाचार आरोपमा पक्राउ परेका थिए। सन् १९१७ को अगस्टदेखि २०१८ मेसम्म प्रधानमन्त्री भएका अब्बासीलाई पक्राउ गरिएको विषयलाई पनि चासोका साथ हेरियो।
 
१६. मुसर्रफलाई मृत्युदण्ड
पाकिस्तानका अर्का पूर्व राष्ट्रपति परवेज मुसर्रफविरुद्ध देशद्रोहको मुद्दामा विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएपछि विश्वभरि नै फैसलाले विवाद निम्त्याएको छ। बिरामी अवस्थामा विदेशमा उपचार गराइरहेका मुसर्रफको मृत्युदण्ड हुनुअगावै निधन भएमा उनको शव तीन दिनसम्म सार्वजनिक ठाउँमा राख्नसमेत आदेश दिएपछि यो विषय थप चर्चामा रहेको छ। 

१७. नागरिकताको नयाँ व्यवस्थाले ततायो भारत 
नागरिकतासम्बन्धी संशोधित विधेयक पारित गरिएपछि पनि भारतका पश्चिम बङ्गाल, कलकत्ता, तामिलनाडू राज्यलगायतका शहरी क्षेत्रमा आन्दोलन चर्किएको छ। आन्दोलनका क्रममा दर्जनौँको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्। पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने नयाँ व्यवस्थाको विरोध भएको हो। 

१८. ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव 
सदनबाट महाअभियोग लगाइएका अमेरिकी राष्ट्रपतिहरुमध्ये डोनाल्ड ट्रम्प तेस्रो राष्ट्रपति बने। हाउस अफ् रेप्रिजेन्टेटिभ्सले राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको भन्दै यही डिसेम्बर १८ मा महाभियोगको पक्षमा निर्णय गरेको हो। तल्लो सदनमा ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा २३० र विपक्षमा १९७ मत खसेको थियो। 

१९. सान्ना विश्वकै कान्छी प्रधानमन्त्री
फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री चयन भएको विषयले यो वर्षको अन्त्यतिर निकै चर्चा कमायो। प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोसल डेमोक्र्याटिक पार्टीले मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो। उनले मन्त्रीमण्डलमा महिलाको बहुमत र धेरै मन्त्री ४० बर्षभन्दा कम उमेरकालाई बनाएकी छन्। गठबन्धन सरकारमा ५ वटा दल सहभागी भएका छन्। ती सबै दलको नेतृत्व महिलाले गरेका छन्। 

२०) आत्मघाती विष्फोटमा आइएस प्रमुखको मृत्यु

इस्लामिक स्टेट (आइएस)का पूर्वप्रमुख अबु बक्र अल बग्दादीको अमेरिकी आक्रमणमा सिरियामा मृत्यु भएको थियो। अमेरिकी आक्रमणको चाल पाएपछि उनले आत्मघाती विष्फोट गराउँदा उनीसहित केही आतंकवादी मारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए। उक्त अपरेसनबाट आइएससम्बन्धी धेरै गोप्य जानकारीसमेत हात परेको बताइएको थियो। अमेरिकी सेनाले स्थल तथा हवाई कारबाही गर्नुअघि आत्मसमर्पणका लागि गरेको अपिलको बेवास्ता गर्दै बग्दादीले आत्मघाती बम विस्फोट गराएका थिए, जसमा उनीसहित दुई बालबालिकाको मृत्यु भएको भिडियो अमेरिकी सेनाले सार्वजनिक गरेको थियो।

२१) रुसले ल्यायो आफ्नो छुट्टै इन्टरनेट र ध्वनीभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्र

रुसले आफ्नो देशमा छुट्टै इन्टरनेट तयार पारेको छ। यससँगै रूस अन्य देशको इन्टरनेट पहुँचलाई हटाएर अब आफ्नै देशको इन्टरनेट प्रयोग गर्न सक्ने भएको छ। इन्टरनेट पूर्वाधारहरुमा वाह्य देशबाट साइबर आक्रमण तथा अरू देशको इन्टरनेटविना काम गर्छ या गर्दैन भन्रे परीक्षण भएको छ। यस प्रकिृयामा आफ्नो इन्टरनेटको सुरक्षादेखि प्रयोगकर्ताको सुरक्षासमेत जाँचिएको छ।

रुसले आवाजको गतिभन्दा २७ गुणा छिटो निशानामा पुग्न सक्ने अभनगार्ड हाइपरसोनिक मिसाइल (क्षेप्यास्त्र)लाई सेनामा सामेल गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त मिसाइल रुसी सेनासँग रहने घोषणा गरेका हुन्। अत्यन्तै तीव्र गतिका कारण कुनै पनि एन्टी-मिसाइल सिस्टमले यसबाट बचाउन निकै मुस्किल पर्ने बताइएको छ। यस मिसाइल हरेक मिसाइल डिफेन्स सिस्टमलाई पार गर्न सक्ने बताइएको छ।

यी बाहेक अमेरिका र चीनको व्यापार युद्ध, सिरिया, यमन, अफगानिस्तानमा जारी द्वन्द्वलगायतका विषय पनि वर्षभरि चर्चामा रहिरहे। यस्तै उतारचढावका बीच वर्ष २०१९ बिदा हुँदैछ र नयाँ वर्ष २०२० लाग्न थालेको छ। -रासस

प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  १६:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते
सम्बन्धित सामग्री
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई सोमबार, असोज २६, २०८३
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे सोमबार, असोज २६, २०८३
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते सोमबार, असोज २६, २०८३
कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ : नैनसिंह महर सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्