राँची– झारखण्ड मुक्ति मोर्चाका कार्यकारी अध्यक्ष हेमन्त सोरेनले झारखण्डको ११ औं मुख्यमन्त्रीको सपथ लिएका छन्। राँचीको मोरहबादी मैदानमा भएको समारोहमा राज्यपाल द्रौपदी मुर्मुले सपथ दिलाएकी हुन्। उनी दोस्रोपटक राज्यको मुख्यमन्त्री बनेका हुन्।
समारोहमा कांग्रेस नेता राहुल गान्धी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, असमका पूर्व मुख्यमन्त्री तरुण गोगाई, बिहारका पूर्व मुख्यमन्त्री जीतनराम माझीलगायतका नेता उपस्थित थिए। त्यसअवसरमा सोरनसँगै आलमगीर आम, रामेश्वर उरावँ तथा सत्यानन्द माझीले पनि मन्त्री पदको सपथ लिए।
समारोहमा हेमन्तका पिता शिवु सोरेनलगायत परिवारका अन्य सदस्य पनि उपस्थित थिए। यसअघि उनी सन् २०१३ को जुलाईमा मुख्यमन्त्री बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।