विश्वकै सबैभन्दा जेठो मानिएको गैंडाको मृत्यु भएको छ।
गत शुक्रबार तान्जानियामा फौस्टा नामको उक्त गैंडाको मृत्यु भएको गोरोङ्गोरोका संरक्षणवादी मानोङ्गीले जानकारी दिए।
मृत्यु हुने गैंडाको उमेर ५७ वर्ष रहेको उनले जानकारी दिए।
सामान्यतः ब्ल्याक राइनोको औसत उमेर ३७ देखि ४३ वर्षसम्म हुन्छ।
साथै उक्त गैंडा विश्वकै जेठो गैंडा रहेको समेत उनले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।