काठमाडाैं- राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नागरिकतासम्बन्धी प्रावधानमा भेदभाव रहेको बताएका छन्।
‘राज्यविहिनता विरुद्ध अन्तर्राष्ट्रिय कानुनहरुको संगालो’ विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले यस्तो बताएका हुन्। ‘संविधान मै नागरिकतासम्बन्धी प्रावधानहरु विवादीत छन्,’ उनले भने, ‘बाबु विदेशी र आमा स्वदेशी भयो भने एउटा समस्या छ। तर, बाबु नेपाली र आमा विदेशी भयो भने कुनै समस्या छैन्। वंशजको आधार पुरुषबाट सुरु हुन्छ।’
शर्माले बाबु नेपाली हुँदा छोरा वंशज हुने र आमा नेपाली र विदेशी हुँदा बंशज नहुने प्रावधान आफैंमा विभेदपूर्ण रहेको बताए।
राष्ट्रियताको हिसाबले महिला महासन्धिहरु कति उपयुक्त छ भनेर जानकारी दिने उद्देश्यले ‘राज्यविहिनता विरुद्ध अन्तर्राष्ट्रिय कानुनहरुको संगालो’ पुस्तक नेपाली अनुवाद गरी विमोचन गरिएको बताइएको छ। राष्ट्रिय महिला आयोग र महिला कानुन र विकास मञ्चले कार्यक्रमको आयोजना गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।