फाइल तस्बिर
काठमाडौं- सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट बहुमतले पारित भएकाे छ।
आइतबार बसेको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विधेयक बहुमतले पारित गरेकाे हाे। समितिकाे बैठकमा कांग्रेसले फरक मत राखेकाे थियाे। कांग्रेस सांसदकाे असहमतिका बावजुत विधेयक पारित भएकाे हाे।
विधेयकमा रहेकाे सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने प्रावधानप्रति कांग्रेसले विरोध गर्दै आएको थियो।
समिति सभापति कल्याणीकुमारी खड्काले विधेयक बहुमतले पारित भएको र कांग्रेसले राखेको फरक मत बहुमतले अस्वीकार गरेको जानकारी गराइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।