काठमाडौँ– प्रदेश ३ को नाम 'बाग्मती' राख्ने र राजधानी 'हेटौंडा' बनाउने नेकपाले निर्णय गरेको छ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त प्रस्ताव राख्ने निर्णय गरेको हो।
उक्त प्रस्तावका पक्षमा उभिने नेकपा प्रदेश सभा सदस्यलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ।
प्रदेशको नाम र राजधानीका विषयमा दुई वर्षदेखि कुनै निर्णय हुने सकेको थिएन। नाम भन्दा पनि राजधानीका विषयमा नेकपाका सांसदहरूबीच मत बाझिएको थियो।
प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ। कुन राख्ने भन्नेमा नेकपामा कुरा मिलेको थिएन।
प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र बाग्मतीलगायत प्रस्ताव गरिएका थिए भने राजधानी काभ्रे, भक्तपुर र हेटौंडामा विवाद थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।