विराटनगर– धरानको भानुचोक नजिकै राखिएको विस्फोटक पदार्थ नेपाली सेनाले निस्क्रिय पारेको छ।
धरान–१३ स्थित फुस्रेवाट आएको नेपाली सेनाको टोलीले विष्फोटक पदार्थ निस्कृय गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए।
निकेतन स्कुल जाने बाटोको मुखमै खतरा लेखिएको शंकास्पद वस्तु देखिएपछि उक्त क्षेत्रका सर्वसाधारणमा बिहानैदेखि त्रास फैलिएको थियो।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आइतबार नेपाल बन्दको घोषणा गरेको थियो। विस्फोटक पदार्थ सोही समूहले राखेको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि यसको पुष्टि भएको छैन। बन्दको प्रभाव धरानमा नपरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।