काठमाडौं– युवा गायक तथा संगीतकार शान भुसालको नयाँ गीत ‘तिमीमै हराएँ’ सार्वजनिक भएको छ। भुषाललाई गायिका अन्जु पन्तले साथ दिएकी छन्।
गीतमा शब्द तथा संगीत पनि गायक भुसालकै छ। गीतको एरेन्ज सनीरले गरेका छन्। मुस्ताङका सुन्दर दृश्य कैद भएको गीतको भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका छन् भने कोरियोग्राफी प्रमोदकुमार भण्डारीले गरको छन्।
सृष्टी खड्का र महेस खड्का फिचार्ड म्युजिक भिडियोमा मनोज लामा र महिको मेकअप, सुरेश काफ्लेको ड्रोन, बुद्ध थापाको छायाँकन रहेको छ।
भिडियाे हेर्नुस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।