• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

काठमाडौंमा विद्युत्‌काे माग बढ्याे, झ्याप्प-झ्याप्प बत्ती जाने समस्या समाधान गर्न कुलमानकाे निर्देशन

64x64
नेपाल लाइभ आइतबार, पुस १३, २०७६  ०६:३४
1140x725

काठमाडाैं- विद्युत्भार कटौतीको अन्त्य भएको लामो समय भए पनि राजधानीमा पछिल्लो दिनमा अनियमित तरिकाले विद्युत् काटिएको छ। यो विषय नेपाल विद्युत् प्राधिकरणका लागि चुनौती मात्रै नभई टाउको दुखाइको विषय बनेको छ। 

विद्युत्भार कटौतीको अन्त्यपछि पनि किन यस्तो अवस्थाको सिर्जना भयो होला भनेर आम मानिसले चासो व्यक्त गरिरहेका छन्। माग र आपूर्तिबीचको सन्तुलन मिलाएर विद्युत् वितरण गरिरहेको नेपाल विद्युत् प्राधिकरणलाई पनि अनियमित तरिकाले विद्युत् काटिँदा जनमानसले के ठान्लान् भन्ने लागेकै छ। 

जाडोको समयमा विद्युत् प्रयोग पनि बढेको छ। माग बढ्दा केही स्थानमा स्वभाविकरूपमा ‘लोड’ बढेको र ‘लोड’ व्यवस्थापनमा केही समस्या आउँदा विद्युत् काटिने गरेको निष्कर्षमा प्राधिकरण पुगेको छ। सोही समस्या समाधानका लागि प्राधिकरणले काठमाडौँका प्रमुख सवस्टेशन र वितरण केन्द्रहरुमा प्राविधिक जनशक्ति परिचालन गरेको छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निर्देशनमा कार्यकारी निर्देशकसहितको प्राविधिक टोली परिचालित भएको हो। मन्त्री पुन प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत छन्। झ्याप्प झ्याप्प बत्ती काटिएको भन्ने गुनासोपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैँ कार्यस्थलमा खटिई समस्या समाधानका लागि पहल थालेका छन्। उनले काठमाडौँका बानेश्वर, टेकु, बालाजु, भक्तपुर, मुलपानीलगायत सवस्टेशनको स्थलगत निरीक्षण गरे।

कार्यकारी निर्देशक घिसिङले बढी विद्युत् माग भएको क्षेत्रमा ट्रान्सफर्मर फेर्न, विद्युत् वितरण प्रणालीमा समस्या देखिए त्यसलाई तत्काल समाधान गर्न निर्देशन दिए। काठमाडौँ ग्रीडका प्रमुख विनोद लोहनीले समस्या देखिएका केही सवस्टेशनको स्थलगत निरीक्षण गरिएको र झ्याप्प झयाप्प बत्ती जाने समस्या समाधानका लागि पहल गरिएको जानकारी दिए।

उनका अनुसार कार्यकारी निर्देशक घिसिङले समस्याको उचित पहिचान गर्न, समाधानका लागि कुनै कसर बाँकी नराख्न, जनशक्ति नपुगेको भए माग गर्न तथा वितरण प्रणालीमा समस्या देखिएको भए त्यसलाई तत्काल समाधान गर्नसमेत निर्देशन दिएका छन्। 

'विशेषगरी जाडो बढ्दै जाँदा विद्युत् माग ह्वात्तै बढेका कारण पनि केही स्थानमा समस्या आएको छ', लोहनीले भने, 'हामीले समस्या समाधानका लागि पहल गरेका छौँ। आज कार्यकारी निर्देशक पनि आफैं कार्यस्थलमा पुग्नु भई समस्याको निरुपणका लागि पहल गर्नुभएको छ।' 

पछिल्ला दिनमा बानेश्वर, टेकु, बालाजु र पाटनमा केही समस्या देखिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले विद्युत् खपतका लागि आग्रह गरेलगत्तै विद्युत् माग बढेको छ। कार्यकारी निर्देशक घिसिङले माग व्यवस्थापनका लागि प्रयत्न गर्न र समस्याको उचित निरुपणका लागि सम्बन्धित सवस्टेशनका प्रमुख तथा ग्रीडका प्रमुखलाई निर्देशनसमेत दिए।

Ncell 2
Ncell 2
nimb
nimb

प्रमुख लोहनीका अनुसार समस्या समाधानका लागि काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलान्चोकको वितरण केन्द्र तथा ग्रीडलाई समेत एकीकृत कार्ययोजनाका साथ काम गर्न कार्यकारी निर्देशक घिसिङले निर्देशन दिए। 

काठमाडौँको माग ४०० मेगावाट
जाडोको समयमा काठमाडौँ उपत्यकामा विद्युत् माग बढेर ४०० मेगावाट पुगेको छ। गत वर्ष ३०० मेगावाटको हाराहारीमा रहेको विद्युत् माग १०० मेगावाटले बढेको हो। माग बढेका कारण लोड व्यवस्थापनमा समेत चुनौती थपिएको छ। माग बढ्नुलाई प्राधिकरणले पनि सकारात्मक रुपमा लिएको छ।

चालू आर्थिक वर्षको अन्त्यसम्म प्राधिकरणको प्रणालीमा थप एक हजार मेगावाट विद्युत् थप हुने भएकाले माग बढाउन प्राधिकरणले यसअघि नै आग्रह गरिसकेको छ। चालू आवको अन्त्यसम्म ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीलगायतका आयोजनाले विद्युत् उत्पादन शुरु गर्नेछ। 

जाडोको समयमा विद्युत् खपत बढेको छ। यसलाई व्यवस्थापन गर्दै जाने योजनामा रहेको प्राधिकरणको केन्द्रीय भारप्रेषण केन्द्रले जनाएको छ। काठमाडौं उपत्यकामा बस्ती विस्तार भएको र उद्योग कल कारखानासमेत नियमित चलेकाले पनि माग बढेको निष्कर्षमा प्राधिकरण पुगेको छ। 

Xtrem

Xtrem

प्राधिकरणको प्रणालीमा हाल आफ्नै विद्युत्गृहबाट सात हजार ३२४ मेगावाट घण्टा विद्युत् उपलब्ध भइरहेको छ। यस्तै निजी क्षेत्रका आयोजनाबाट छ हजार ९६४ मेगावाट घण्टा, भारतबाट आठ हजार ६३५ मेगावाट घण्टा विद्युत् आपूर्ति भइरहेको छ। कूल माग २२ हजार ९५३ मेगावाट घण्टा रहेको छ। यस्तै प्राधिकरणका अनुसार ‘ट्रिपिङ’ भने शून्य छ। रासस

प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  ०६:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्