काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) गोकर्ण फरेष्ट रिसोर्टको बचाउमा प्रधानमन्त्री ओली, 'आकर्षक कर तिर्छु' भन्ने कम्पनीको नै लिजमा अवधि थपिएको तर्क, विरोधीहरुलाई पानीमा जहाज चल्छ भन्ने पनि थाहा नभएको टिप्पणी ।
२) सेडको भाडा नतिरेपछि गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रका चार उद्योग कब्जा, २४ लाख ७१ हजार रुपैयाँ बक्यौता असुल हुन बाँकी ।
३) वनमा स्थानीय सरकारदेखि संघसंस्थासम्मको वक्रदृष्टि, वन तथा ऐलानी जमिन मिचेर भौतिक संरचना निर्माण, अतिक्रमण हटाउँदा राजनीतिक दबाब ।
४) दोस्रो पोखरा प्रिमियर लिग टी ट्वान्टी क्रिकेटको उपाधि चितवनलाई, विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै उचाल्यो दोस्रो पिपिएल उपाधि ।
५) र, म्यान्मारमा मानव अधिकार हनन भएको भन्दै राष्ट्रसङ्घद्वारा खेद प्रस्ताव पारित, रोहिंग्यासहितका अल्पसंख्यकमाथि घृणा फैलाउने काम नगर्न चेतावनी ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।