कटारी- उदयपुरको कटारीमा शनिबारदेखि सुरु भएको कटारी मेयर गोल्डकपमा आयोजक टिम बाहिरिएको छ।
आयोजक कटारी ११ लाई पोखराको सहारा क्लबले २-० गोलले पराजित गरेको हो। सहाराको जितमा दुवै गोल अजित गुरुङले गरे। उनले खेलको ९ र ८३औं मिनेटमा गोल गरेका थिए। सहाराको जितमा नायक बनेका गुरुङले म्यान अफ दि म्याच हुँदै ५ हजार रुपैयाँ पाए।
जितसँगै सहारा क्वाटरफाइनलमा पुगेको छ।
प्रतियोगितामा आइतबार बनेपा ब्वाइज र गोरखा ब्वाइज रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछ। आठ टिमको सहभागिता रहेको प्रतियोगिता चैत १७ गतेसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।